गृहपृष्ठ जनता बैंकको नयाँ शाखा रोल्पाको थवाङमा

जनता बैंकको नयाँ शाखा रोल्पाको थवाङमा

जनता बैंक नेपालले रोल्पा जिल्लाको थवाङमा नयाँ शाखाबाट कारोवार शुरु गरेको छ ।
रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं। २ स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको बैंकले जनाएको छ । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो ।

सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका बैंकले जनाएको छ । थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।

यस सँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल ११७ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु