गृहपृष्ठ जनता बैंकको शाखा विस्तार

जनता बैंकको शाखा विस्तार

जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दूई नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ । बिराटनगर महानगरपालिका २ तिनपैनीमा र परिवर्तन गाउँपालिका ५ दुइखुलीमा गरि दूई नयाँ शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।
यी शाखा समेत गरी जनता बैंकको देश भरीमा १२१ सञ्जाल पुगेको छ भने, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु