गृहपृष्ठ कैलाली जोशीपुरमा निर्धनको कुखुरापालन तालिम

कैलाली जोशीपुरमा निर्धनको कुखुरापालन तालिम

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ आश्विन १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न भएको संस्थाका जोशीपुर शाखाका प्रमुख प्रेम प्रसाद शर्मा चापागाईले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु हिरालाल चौधरी, शंकर प्रसाद न्यौपाने र प्रेम प्रसाद शर्मा चापागाई रहेका थिए ।

तालिम उदघाटन पहिलो सत्रमा सभापति जोशीपुर गाउँपालिकाका अध्यक्ष श्री राम कृष्ण चौधरी साथै प्रमुख अतिथी जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विश्वनाथ चौधरी रहनु भएको थियो । वहाँहरुले आफ्नो क्षेत्रका जनतालाई सीपमूलक तालिम साथै सो परियोजना संचालनका लागि कर्जा दिई स्वरोजगार बनाउनमा सहयोग गरेकोमा खुसी प्रकट गर्नु भएको थियो । साथै संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि विभिन्न किसिमका सीपमूलक तालिम संचालन गरी स्वरोजगार बनाउने अपेक्षा राख्नु भएको थियो ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका जोशीपुर शाखाका प्रमुख श्री चापागाईले बताएका थिए ।

संस्थाले २०७५ भाद्र मसान्तसम्ममा ३ लाख २० हजार घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ भाद्रसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ४९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ७० करोड बचत परिचालन गरेको छ । कुखुरापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका जोशीपुर शाखाका प्रमुख चापागाईले जानकारी गराएका थिए ।

कार्यक्रम समापन सत्रमा सहभागी झन्खु लाल चौधरीले तालिमको मूल्याकंनको क्रममा यस ३ दिने तालिमबाट आफूलाई आवश्यक पर्ने कुराहरुका सिक्नुका साथै ब्यवसाय गर्न प्रेरणा मिलेको र सिकेको कुराहरुलाई आफ्नो जीवनभर लागू गरी स्वरोजगार बन्ने र आफ्नो छिमेकमा अरुलाई पनि सिकाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । महिला सहभागीका तर्फबाट श्रीमती गिता डगौराले तालिमको मूल्यांकनमा यस तालिमले आफूमा नयाँ जोश र जाँगर पलाएको र अब श्रीमानको भरमा मात्र नरही लिएको तालिमलाई पूर्ण सदुपयोग गर्दै स्वरोजगार रही आफ्ना छरछिमेकमका दिदीबहिनीहरुलाई समेत ब्यवसाय संचालन गर्न जागरुक बनाउने भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरुको अपेक्षा राख्दै यस संस्थालाई धन्यवाद दिएकी थिइन् ।

तालिमको समापनमा समापन सत्रका प्रमुख अतिथी अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपाने आफनो अमूल्य मन्तब्य दिनुका साथै उपस्थित सम्पूर्ण सहभागीहरुलाई आफूले सिकेका सीपलाई सदुपयोग गरी ब्यवसायिक रुपमा ब्यवसाय संचालन गर्न सुझाएका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र लघुवित्त संस्था हो । संस्थाले १७९ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८७ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको कुरा यसै सस्थाका क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपानेले तालिममा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कुखुरापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरापालन भिन्नता, महत्व, आवश्यकता र वर्तमान स्थिति तथा ब्रोईलर एवम लेयर्स कुखुराको जातिय परिचय र ब्रोईलर पाल्नको कारण तथा महत्व, कुखुरापालन विधि, खोरको महत्व, उन्नत वा सुरक्षित खोर निर्माण गर्न ठाउँको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, चल्ला ल्याउन पूर्व गर्न पर्ने तयारीहरु, गुणस्तरिय चल्लाको पहिचान, ब्रुडिङ्गको परिचय, ब्रुडिङ्ग हाउसमा चल्ला राख्दा चल्लाको छनौट, जाडो तथा गर्मीयाममा चल्ला ब्रुडिङ्ग गर्ने तरिका एवम ब्रुडिङ्ग हाउसमा उपयुक्त तापक्रमको महत्व र ब्रुडिङ्ग गर्दा ध्यान दिनु पर्ने कुराहरु, ब्रुडिङ्ग गर्दाको अवस्थामा एण्टिबायोटिक, भिटामिन तथा ईलेक्ट्रोलाईटको महत्व, चल्लाको आहार, उन्नत दानाको महत्व, किसिम र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, चल्लाको जात, उमेर अनुसार भूँई क्षेत्र, दानापानी, भाँडाकुँडाको आवश्यकता र शारिरिक तौलमा वृद्धि, रोगको परिचय, कुखुरामा रोग लाग्नाको कारणहरु, रोगी तथा निरोगी कुखुराको पहिचान गर्ने तरिका र रोगबाट बच्ने उपायका साथै कुखुरापालन ब्यवसायमा बायोसेक्युरिटीको महत्व बारे जानकारी, रानीखेत, गम्बारो तथा ःबचभपकको पुल्लोरम, कुखुराको हैजा तथा कक्सिडियोसिस रोगको परिचय, लक्षण, उपचार तथा रोकथाम, खोपको महत्व, खोपहरु प्रयोग गर्ने तरिका, ब्रोईलर कुखुराको खोप कार्यक्रम र खोर संक्रमण मुक्त पार्ने तरिका बारे जानकारी साथै कुखुरापालन कृषकको खोरमा अध्ययन भ्रमण, दुषित दानापानी तथा भिटामिन र खनिज तत्वको कमीबाट लाग्ने रोगहरु र आन्तरीक तथा वाह्य परिजिविबाट लाग्ने रोगहरुको परिचय, लक्षण उपचार तथा रोकथामका उपायहरु, कुखुरापालन ब्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरिका तथा कुखुरापालन ब्यवसायको बजार ब्यवस्थापन, कुखुरापालनको स्किम, बचत परिचालन र बचतका फाईदाहरु संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको जोशीपुर शाखाका प्रमुख श्री चापागाईले बताएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु