गृहपृष्ठ वोमीको सातौं वार्षिक साधारण सभा सम्पन्न

वोमीको सातौं वार्षिक साधारण सभा सम्पन्न

सोमबार सम्पन्न वोमी माइक्रोफाइनान्स वित्तीइस संस्थाको सातौंैं वार्षिक साधारण सभाले संस्थाको चुक्ता पूँजी रु १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतले हुन आउने कर सहितको नगद लाभांस रकम रु २ करोड ५२ लाख ७२ हजार स्वीकृत गरेको छ ।

उक्त साधारण सभाले संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा कारोवार गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने तथा सोही अनुरुप प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, उक्त सभामा संस्थाले उपयुक्त लघुवित्त संस्था पहिचान गरी प्राप्ती गर्ने वा मर्ज गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । सभामा संस्थाकी अध्यक्ष बिन्दीया प्रधान तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गर्नु भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । त्यस्तै, सभामा शाखा कार्यालयहरु मध्ये कार्य सम्पादन मुल्याङ्कनमा अधिकतम अंक ल्याउने उत्कृष्ट दुइ वटा शाखा कार्यालयहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु