Motors
NiC Asia

गृहपृष्ठ घरजग्गामा लगानी गर्न हौसिए बैंकहरुः कर्जा लगानीमा विकास बैंक अगाडी

घरजग्गामा लगानी गर्न हौसिए बैंकहरुः कर्जा लगानीमा विकास बैंक अगाडी

बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा कर्जा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्मा बैंकहरुले निजी क्षेत्रको लगानी ७.२ प्रतिशतले बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.६ प्रतिशतले बढेको थियो । यस्तो कर्जा लगानीक गर्नेमा वाणिज्य बैंकहरु भन्दा विकास बैंक अगाडी देखिएका छन् ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.२ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ८.० प्रतिशतले र वित्त कम्पनीहरुको ३.८ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २५.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय स.स्थाहरुले अधिकांश कर्जा घरजज्जगा धितोमा लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७४ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.० प्रतिशत र १४.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ८.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १०.१ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा १२.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.४ प्रतिशतले, मार्जिन प्रकृतिकोकर्जा ०.६ प्रतिशतले तथा हायर पर्चेज कर्जा २.८ प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु