Motors
NiC Asia

गृहपृष्ठ ओम बैंकको अमरसिंह शाखाबाट बिरामीलाई सहयोग

ओम बैंकको अमरसिंह शाखाबाट बिरामीलाई सहयोग

ओम डेभलपमेन्ट बैंक लि.को अमरसिंह शाखाले शाखाको ११औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचाररथ बिरामीलाई आर्थिक सहयोग गरेकोे छ । विगत लामो समयदेखी आन्द्राको समस्याबाट ग्रसित पोखरा १५ निवासी ४० बर्षीय सम्झना परियारलाई बैंकका शाखा प्रमुख एकेन्द्र कुंवरले सहयोग रकम प्रदान गरेका थिए ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसै गरी विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्रीहरु सहयोगहरु गर्दै आईरहेको छ ।

बिकास बैंकले असोज मसान्त सम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६५ हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो ।

बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागी हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु