Motors
NiC Asia

गृहपृष्ठ इन्फिनिटी लघुवित्तको साधारणसभा सम्पन्न

इन्फिनिटी लघुवित्तको साधारणसभा सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा गैंडाकोट, नवलपुरमा रहेको सहमिति संस्थामा २०७५मंसिर २८ गते सम्पन्न भएको छ । यस सभाका शेयरधनीहरुको ६७ प्रतिशत भन्दा धेरै उपस्थिती रहेको थियो । सभाका अध्यक्ष श्री खेमराज नेपालज्यूले शेयरधनीहरू समक्ष सञ्चालक समितिको तर्फबाट संस्थाको आ.व. २०७४÷०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.को प्रवद्र्धन नेपालका विभिन्न क्षेत्रमा ख्याती प्राप्त लब्ध प्रतिष्ठित व्याक्तिहरू बाट गरिएको नेपाल राष्ट्र बैंक बाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो ।

यस संस्थाको दोस्रो वार्षिक साधारण सभाले स्वतन्त्र सञ्चालकमा सञ्चालक समितिले नियुक्त गरेका प्रदीप नरसिंह रायमाझीलाई अनुमोदन गरेको छ । साधारण सभाले जारी शेयर पुजी रु. २०,७४,००,००० (बिस करोड चौहत्तर लाख) गर्ने, संस्थापक शेयर स्वामित्व ६७.५ प्रतिशतर सर्बसाधारणको शेयर स्वामित्व ३२.५ प्रतिशतमा वर्गीकरण गरी शेयर स्वमित्व कायम गर्ने, प्रबन्धपत्रको उद्देश्यमा विप्रेषण र भुक्तानी सेवाप्रदायक कारोबार गर्ने, उपयुक्त लघुवित्त संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति हुन जाने र सो सँग सम्बधित कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

संस्था मिति २०७३ माघ ०७ गतेबाट विधिवत रूपमा सञ्चालनमा आएको र २०७५ मंसिर २६ गतेसम्म यस संस्थाले २३ जिल्लामा४२ वटा शाखा कार्यालय मार्फत २३ हजार २ सय भन्दा बढी विपन्न घर परिवारलाई सेवा पु¥याएको छ । संस्थाको ग्राहक सदस्यहरूमा रू. १ अर्व १४ करोड २० लाखभन्दा बढीकर्जा लगानीमा रहिरहेको छ र सदस्यहरूले संस्थामा रू. ३६ करोड ७६लाख भन्दा बढी निक्षेप जम्मा गरेको छ । संस्थाले ग्राहकहरूको हक हितलाई ध्यानमा राखी ग्राहक संरक्षण कोष स्थापना गरी सदस्य, सदस्यको पति मृत्यु, सदस्य सुत्केरी र सदस्यको घरमा दैवीप्रकोपले क्षति पु¥याउँदा कर्जा मिनाह, कजाक्रिया खर्च, सुत्केरी खर्च जस्ता सुबिधा प्रदान गरेको छ । त्यस्तै संस्थाले महिलाको हात नामको संस्थाको सहकार्यमा विपन्न वर्गका पाँच जना महिलाहरुलाई शिपमुलक तालिम प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु