Motors
NiC Asia

गृहपृष्ठ दिनप्रति दिन बढ्दैछ रेमिट्यास्, ५ महिनामै करिब ४ खर्ब भित्रियो

दिनप्रति दिन बढ्दैछ रेमिट्यास्, ५ महिनामै करिब ४ खर्ब भित्रियो

पछिल्लो समय वैदेशिक वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुले संख्या घटेपनि रेमिट्यान्समा भने वृद्धि हुँदै गएको छ ।

चालु आर्थिक बर्ष २०७५/७६ को पाँच महिनामामात्रै ३ खर्ब ७६ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएकोे तथ्यांक अनुसार गत बर्षको तुलनामा विदेशिने कामदार ४१ दशमलव २ प्रतिशतले घटेपनि रेमिट्यान्सको रकमभने यो अवधिमा ३६ दशमलव ४ प्रतिशतले बढेको हो ।

अघिल्लो महिना भने विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु