Motors
NiC Asia

गृहपृष्ठ मुनाल सहकारी एघारौं वर्षमा प्रवेश

मुनाल सहकारी एघारौं वर्षमा प्रवेश

पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज बिहिबारबाट स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । सहकारीले आफ्नो एघारौं वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा ६ लेकसाईड स्थीत कोपिला नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । एक समारोहका बिच कोपिला नेपालका संस्थापक अध्यक्ष तिर्थ थापा र कार्यकारी निर्देशक बिना सिलवाललाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु र कोपिला नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

संस्थाको सामाजिक उत्तरदायीत्व अन्र्तगत कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको सहकारी संस्थाका सचिब मगन लाल श्रेष्ठले बताए । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै बिभिन्न सामाजिक कार्य गर्दै आईरहेकोे जनाएको छ ।

२०६५ माघ ०३ गते देखी कारोवार सञ्चालन गरेको यस सहकारीको कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको छ । सहकारीले पोखराको नयाँबजार स्थीत आफ्नै निजी भवनबाट आफ्ना सेयर सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु