गृहपृष्ठ उदयपुरको कटारीमा आइएमई लाइफको शाखा, ४२ जनाले लिए अभिकर्ता तालिम

उदयपुरको कटारीमा आइएमई लाइफको शाखा, ४२ जनाले लिए अभिकर्ता तालिम

उदयपुरको कटारीमा आइएमइ लाईफ इन्सुरेन्सले अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । गएको विहिबारदेखि सुरु भएको आईएमइ लाईफ इन्सुरेन्स सम्बन्धी अभिकर्ता तालिम शनिबार सम्पन्न भएको हो ।

तालिममा कटारी नगरपालिका र सिन्धुली क्षेत्रका ४२ जनाले अभिकर्ता सम्बन्धी तालिम लिएका थिए । आईएमइ गुरुप उदयपुरका प्रमुख कृष्णप्रसाद घिमिरले प्रशिक्षण दिएका थिए ।

तालिमको क्रममा प्रशिक्षक घिमिरले अन्य इन्सुरेन्स कम्पनीभन्दा नयाँ र पृथक रहेको भन्दै, ‘अभिकर्ताको लागि उत्कृष्ट पारिश्रमिकको व्यवसथा भएको, अरु विमा कम्पनीभन्दा न्युन विमा शुल्क रहेको, बजारमा सुहाउँदो र आर्कषण विमा योजना भएको, २ अर्व चुक्ता पुँजी जम्मा गरी सञ्चालनमा आएको, देशभरी ५५ शाखा भएको हो ।’

कटारी शाखाको उद्घाटन आइएमइ गूरुपका प्रदेश १ का इन्चार्ज कर्मराज पौडेलले उद्घाटन गरेका थिए । ‘सवै नेपालली जनातको मनमुटुमा अव आइएमइ इन्सुरेन्स पुग्ने छ, त्यसलको लागि हामी देशव्यापी अभियानमा जुट्ने छौ।’

आइएमइ इन्सुरेन्स कटारी ब्रान्चका प्रमुख ऋषिप्रसाद काप्ले कमलले कटारी र सिन्धुलीको दुधौली क्षेत्रमा व्यपाक बनाउने तयारी थालिएको बताएका छन।

प्रमुख अतिथि रहेको उदयपुर उद्योग वाणिज्य संघ कटारी अध्यक्ष पुष्कर खड्काले आइएमइ इन्सुरेन्सको कटारी क्षेत्रमा शुभआरम्भ भएको घोषणा गरेका थिए। कार्यकर्म वाणिज्य सँघकै सभा कक्षामा भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु