Motors
NiC Asia

गृहपृष्ठ ग्रीन डेभलपमेन्ट बैंकका एकसाथ चार शाखा संचालनमा

ग्रीन डेभलपमेन्ट बैंकका एकसाथ चार शाखा संचालनमा

ग्रीन डेभलपमेन्ट बैंङ्ग लिमिटेडले यही मंसिर २८ गते शुक्रबार एकै दिन चार शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।

बाग्लुङ्गमा केन्द्रिय कार्यालय रहेको क्षेत्रियस्तरको यस ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।

नयाँ खोलेका शाखाहरु सहित बैंकको शाखा संख्या ८ पुगेको छ भने थप ३ वटा शाखा छिट्टै खोल्ने क्रममा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।

यस बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ ।

बैंङ्गको प्रधान कार्यालय एवं बेनी शाखाबाट सुन चाँदी धितोमा कर्जा उपलब्ध गराउँदै आएकोमा निकट भविष्यमा थप शाखाहरुमा समेत यो सुविधा विस्तार गर्दै लग्ने योजना रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु