गृहपृष्ठ जनसेवीको ४३९ प्रतिशतले नाफामा बृद्धि
जनसेवीको ४३९ प्रतिशतले नाफामा बृद्धि

पर्बतको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७५ पौष मसान्त सम्ममा ७९ लाख २५ हजार नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अवधिमा रु १८ लाख ०१ हजार,७ सय ८७ नाफा गरेकोमा यस बर्ष ४३९ प्रतिशतले नाफामा बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।
यस वित्तीय संस्थाको कोषमा हाल रु ४३ लाख १० हजार ५५ रहेको छ भने प्रति शेयर आम्दानी रु १२.५१ रहेको छ । यस वित्तीय संस्थाले सर्वसाधारणका लागी ४करोड ६३लाख ३० हजार रुपैया बराबरको शेयर निस्कासन गर्नेका लागी धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी प्रक्रिया अगाडी वढीसकेको बताइएको छ ।
वित्तीय संस्थाको कार्यक्षेत्र १० जिल्ला (पर्वत,बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहुं, लमजुङ, कास्की र गुल्मी ) बाट २५ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ ।
हाल यस वित्तीय संस्थाको अधिकृत पूंजी रु ३० करोड, जारी पूंजी रु.१४ करोड ४३ लाख ३० हजार र चुक्ता पूंजी रु.९ करोड ८० लाख रहेको छ ।
यस वित्तीय संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १३,२०४। जना ग्राहक सदस्यबाट २०७५ पौष मसान्त सम्म रु.१५ करोड ४८ लाख ८८ हजार रुपैया बचत संकलन गरेको छ ।
वित्तीय संस्थाले ७ हजार ४ सय ६८ जना सदस्यलाई रु १ अर्व,६० करोड, ५ लाख, १९ हजार रुपैया कर्जा प्रवाह गरी रु १ अर्व ८ करोड,७५ लाख १८ हजार. असुली भई हाल रु ५१ करोड, ३० लाख,१ हजार रुपैया लगानीमा रहेको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।