गृहपृष्ठ दशैंको जमरा : भ्रम र यथार्थ

दशैंको जमरा : भ्रम र यथार्थ

घटस्थापनाको दिन गहूँ, जौ लगायत अन्नको जमरा राखिन्छ, जुन विजय दशमी अर्थात टिकाको दिन प्रयोगमा आउँछ । दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । यसको सांकेतिक अर्थ के पनि हुनसक्छ भने, जमरा मानव जीवनका लागि अत्यान्तै हितकारी चिज हो । आर्युवेदिक महत्वको जमराले थुप्रै प्रकारका शारीरिक समस्या हटाउँछ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व उत्तिकै रहेको पाइन्छ । आयुर्वेदिक ग्रन्थहरुमा जौ र अंकुरित जौबाट गर्नसकिने उपचारहरुको व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् ।

चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद ९क्यान्सर० एवं मधुमेहजस्ता रोगीहरुलाई फाइदा हुन्छ ।

जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ ।

हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पर्ण्आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो ।

अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा पौष्टिक तत्व तुलनात्मकरुपमा बढी पाइन्छ । चिकित्सकहरुले जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् ।

प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रुपमा प्रयोग ल्याइनुले हिन्दू धर्म र हाम्रो बिजयदशमीमा प्रयोग गरिने जमरा आधुनिक बैज्ञानिक प्रद्धतीअनुसार समेत उत्कृष्ठ रहेको ठहर हुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु