Motors
NiC Asia

गृहपृष्ठ टोलवासीको सेवा गरिरहन पाउँः ध्रुब तण्डुकार

टोलवासीको सेवा गरिरहन पाउँः ध्रुब तण्डुकार

धुब्र तण्डुकार ललितपुर कुपण्डोल क्षेत्रमा समाजसेवामा सक्रिय व्यत्तिः हुन् । वडा नम्बर एकमा रहेको वडा संस्था कार्यान्वयन समितिको कोषाध्यक्ष एवं त्यस अन्तर्गतको मातृ शिसु स्वास्थ्य क्लिनिकका संयोजक रहेका तण्डुकार स्वास्थ्य क्षेत्रमा निकै सक्रिय छन् ।

२०५४ सालदेखि निरन्तर स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय रहेका तण्डुकारकै सक्रियतामा आगामी शनिबार कुपण्डोलमा स्वास्थ्य शिविर आयोजना गरिदैछ । उक्त शिविरका बारेमा उनै समाजसेवी धुब्र तण्डुकारसँग सञ्चारकर्मी मोहनजंग कार्कीले गरेको अन्तरवार्ताको सम्पादित अंश

आगामी शनिवार आयोजना गर्न लाग्नु भएको शिविरको बारेमा संक्षिप्त रुपमा बताइदिनोस न
आगामी शनिबार आयोजना गर्न लागिएको स्वास्थ्य शिविरमा पाँठेघर क्यानसर जाँच, स्तन क्यानसर जाँचर पिसाबबाट गल्ुकोज प्रोटिन, पीएचलगायतको परिक्षण हुनेछ । यो कार्यक्रम हामीले यस वर्ष महिलाहरुका लागि लक्षित गरेर सञ्चालन गर्न लागेका हौं ।

हाम्रो वडामा रहेको वडा स्वास्थ्य कार्यान्वयन समिति, वडा नं. १ र नेपाल आर्बुद रोग नियनत्रण संस्था ललितपुरको संयुक्त आयोजनामा यो शिविर आयोजना गर्न लागिएको हो ।

तपाईहरुले यस अघि पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने गर्नु भएको थियो ?
वडा स्वास्थ्य कार्यान्वयन समिति महानगरपालिका मातहतको हो । हामीले वर्षमा १/२ वटा यस्ता शिविरको आयोजना गर्नुपर्छ ।

जनचेतनामूलक कार्यक्रम तथा अभिमूखी कार्यक्रमहरु समेत हामीले आयोजना गर्ने गरेका छौं । यसबाहेक हामीले अवलोक भ्रमण पनि गराउँछौं । वर्षको अन्त्यमा चाहिँ हामीले अन्तरक्रिया कार्यक्रम आयोजना गर्छौ । वर्ष भरी भएका कामहरुको बारेमा हामीले छलफल गर्छौ ।

यस्ता कार्यक्रमहरु आयोजना गर्न बजेटको व्यवस्था चाहिँ कसरी गर्नुुहुन्छ ?
हामीले बजेटको व्यवस्था महानगरपालिकाले नै गर्ने गरेको छ । तर यो सीमित मात्रामा मात्रै हुन्छ । यो कार्यक्रम सञ्चालन गर्नका लागि पनि २५ हजार रुपैयाँ छुट्याएको छ । यसमा पनि यो रकमले बजेट अपुग भएको हुँदा हामी एक्लैले नगरेर नेपाल आबुद्र्ध रोग संस्थासँग संयूक्त रुपमा आयोजना गर्न लागिएको हो ।

प्रचारप्रसार, खाना, खाजा लगायतका कामहरु गर्न बजेट अभाव हुने देखियो । यसका कारण पनि हामीले संयुक्त रुपमा आयोजना गरेका छौं ।

शिविरमा सर्वसाधारणले पाउने सुविधाहरु चाहिँ केके हुन् ?
मैले अघि नै भनिसके हामीले यो शिविर महिलाहरुका लागि लक्षित गरेका छौं । देशमा दैनिक उपभोगीय वस्तुहरुमा विषदी मिसावटका कारण क्यानसर तथा किड्नी रोगको बिरामी बढ्दै गएका छन् । यो रोग हाम्रा महिला दिदीबहिनीहरुलाई लाग्न सक्छ ।

यसका लागि हामीले शिविरमा पाँठेघर क्यानसर जाँच, स्तन क्यानसर जाँचर पिसाबबाट गल्ुकोज प्रोटिन, पीएचलगायतको परिक्षण सुविधा दिनेछौं ।

तपाईहरुले महिलालाई मात्रै लक्षित चाहिँ किन गर्नु भएको नि ?
हामी टोलमा के आवश्यकता छ भन्ने विषयमा पहिले अध्ययन गर्छौ । टोलमा आवश्यकता महशुस भएकाले हामल्ेि यसपाली महिलाहरुलाई टार्गेट गरेर यो शिविर आयोजना गर्न लागेका हौं ।
अहिलेको अवस्थामा यो आवश्यकता देखियो । आगामी वर्ष हामी अर्कै कार्यक्रम गर्छौ । गत वर्ष हामीले किड्नी चेकअप गर्ने कार्यक्रम राखेका थियौं ।

गत वर्षको अनुभव कस्तो रह्यो ?
गत वर्ष हामीले निदान हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरेका थियौं । एकदमै राम्रोसँग सम्पन्न भएको थियो । त्यसबेला मानव अंग प्रत्यारोपण विज्ञ डा. प्रतापले मलाई यस्तो कार्यक्रम आयोजना गनुपर्छ भन्नु भएको थियो ।

किड्नी बिग्रिएपछि हामी लाखौं रुपैयाँ खर्च गर्न सक्र्छौ तर पहिलेनै एक सय रुपैयाँ किन हामीले खर्च गरेर चेकअप गराउ सक्दैनौं भनेर उक्त कार्यक्रम आयोजना गरिउको थियो । एक सय बढी सेवाग्राही गत वर्षको शिविरबाट लाभान्वित हुनु भएको थियो । यस वर्ष चाहिँ आर्बु संस्थाले नै हामीलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

अन्तमा केहि भन्नुहुन्छ कि !
म २०५४ सालदेखि यस्ता सहयोगका कामहरु गर्दै आएको छु । मलाई यस्ता कार्यक्रमहरु आयोजना गर्न आत्मसन्तुष्टि हुन्छ । म निरन्तर स्वास्थ्य सेवामा लागिरहेको छु । मलाई अझै टा्लवासीहरुलाई यस्तो सुविधा दिइरहनु पाउँ । टोलवासीले पनि हामीलाइृ बुझिदिनुस भन्न चाहान्छु ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु