गृहपृष्ठ डलरको भाउ वृद्धिको आडमा तिहार महंगो बनाउदै व्यापारीहरु

डलरको भाउ वृद्धिको आडमा तिहार महंगो बनाउदै व्यापारीहरु

सरकार गैर जिम्मेवारी

तिहार नजिकिए संगै बजारमा चहलपलह ह्वात्तै बढेको छ । तिहारमा चाहिने समानहरुको खरिद गर्न भनेरै यतिबेला उपभोक्ताहरु धमाधम बजार धाउन थालेका छन् । विशेष गरि काठमाडौं उपत्यकाको असन, भोटाहिटी, न्यूरोड, इन्द्रचोक लगायत अन्य मुख्य बजारमा तिहारका लागि आवश्यक सामान किन्ने उपभोक्ताहरुको भिडभाड देखिन्छ ।

उज्यालोको पर्वको रुपमा समेत लिइने तिहारमा मैनबत्ती, इलेक्ट्रिक बत्ति देखि तामाको भाडा, मिठाई, भाइमसला र सुनका गरगहराको कारोबार बढी हुने हुदा पनि यतिखेर बजार तिहारका सामानले ढाकिएका छन् । धेरै सामान खरिद हुने यो बेला व्यापारीहरुले पसलै पिच्छे मूल्य बृद्धि गरेको उपभोक्ताको गुनासो छ । हुन त व्यवसाय पनि तिहारमा अन्य समयको तुलनामा दोब्बरले बढ्ने हुदा पनि व्यवसायीहरु मरिमेटेर ग्राहक तान्न व्यस्त हुन्छन । बजार तिहारका सामानले गर्मिरहदा सामानका मुल्यपनि उस्तै तातिएको पाइन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने गत बर्षको तुलनामा यस बर्ष तिहारका सामानमा ३० प्रतिशतले मुल्य वृद्धि भएको छ । भाइमसाला देखि सयपत्री मखमलि फुलका साथै बत्ति पालाहरुमा पनि उत्तिकै मात्रामा मुल्य वृद्धि भएको छ । व्यापारीहरुले मनोमानी ढंगले मुल्य बढाएको गुनासो उपभोक्ताको छ । सर्वसाधारण चर्को मुल्य वृद्धिको चपेटामा पर्दा सरकार गैर जिम्मेवारी भएको आरोप उनीहरुको छ ।

तर यता व्यवसायी भने मुल्य वृद्धि भएको मान्न तयार छैनन् । यस बर्ष डलरसंग नेपाली मुद्रा केही कमजोर हुदा केही बाहिरबाट आयातित सामानको मुल्य बढेपनि समग्रमा खासै मुल्य वृद्धि नभएको बताउछन् ।

उपभोक्ताहरु दिन दिनै वस्तु बजारमा ठगिएका छन् । सर्वसाधारणमा चाडपर्वको बेलामा आवश्यक सामानहरुको मुल्य वृद्धिले पर्वको रमाईलो सेलाएको छ । सरकार स्वार्थी भएर चर्को कर असुलेको तर आफ्नो जिम्मेवारीबाट पन्छिएको भनाई सर्वसाधारणको छ । तर बजारलाई नियाल्ने हो भने पसलै पिच्छे समानका मुल्य फरकफरक भेट्न सकिन्छ ।

त्यसो त किनमेल गर्न आउने उपभोक्ताहरु पनि पसल अनुसार फरक फरक मुल्य रहेको बताउछन । यस बर्ष तिहारमा भाइमसालाको रुपमा प्रयोग गरिने काजु प्रतिकेजी १६ सय ० रुपैयामा खरिद विक्री भइरहेको छ भने बदाम १४ सय पिस्ता १ सय किसमिस ६ सय छगडा २ सय ओखर ७०० नरिवल ५ सय मखाना १ हजार मिश्री १ सय ८० सुकुमेल २४ सय मा खरिदविक्री भइरहेको छ । त्यस्तै मखमलि फुलको माला प्रति गोटा ३० रुपैयामा खरिदविक्री भइरहेको छ । त्यसो त मिश्रीत रहेको भाइमसाला पनि प्रतिप्याकेट ५० रुपैया देखि १४ सय रुपैया सम्मका रहेका छन् । विशेष गरि तिहारमा भाइमसाला विजुली वत्तीका सामानहरु बाहिर बाट आयात गरिएता पनी सयपत्रि फुल मखमलि र गोदावारी फुलमा पनि मुलुक भारतकै भर पर्ने गरेको छ । बजारमा हुने फुलको मागको ८० प्रतिशत मुलुककै उत्पादनले धान्ने भएपनि बाँकी रहेको २० प्रतिशत भने अन्य मुलुकबाट आयात हँुदै आएको छ ।

नेपालमा छिमेकी मुलुक भारत र चीन सहित बेलायत, इटाली लगायतका मुलुकहरुबाट समेत तिहारका लागि आवश्यक सामानको आयात हुने गरेको व्यवसायीहरु बताउछन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा तिहारका सामाग्रीमा मात्र अवौ रुपैयाँ बाहिर जाने गरेको छ । तिहारमा प्रयोग हुने माटाको दियो, विमिरो कटटुस भने नेपालमै पर्याप्त उत्पादन हुदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु