Motors
NiC Asia

गृहपृष्ठ ज्योति विकास बैंकको नयाँ शाखा कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा

ज्योति विकास बैंकको नयाँ शाखा कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा

ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलालीमा रहेको नयाँ शाखा बैंकका अध्यक्ष हरि चन्द्र खड्का र हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा कञ्चनपुरमा रहेको नयाँ शाखा नेपाल राष्ट्र बैंक धनगढि, कैलालीका निर्देशक किरण पण्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले गरेका छन् ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्ने बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु