Motors
NiC Asia

गृहपृष्ठ सेयर बजारमा १० अंकको बृद्धि

सेयर बजारमा १० अंकको बृद्धि

सेयर बजार निरन्तर ओरालो लागेपछि सुधारको माग गर्दै लगानीकर्ताहरुले अनसन थालेको पहिलो दिन आज बजार उकालो लागेको छ । उतार चढावका बीच सेयर बजार १०.८५ बिन्दुले बढेर ११३१.७० को बिन्दुमा उक्लिएको छ ।

सो दिन फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । फाइनान्स समुहको परिसूचक ०.२४ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १०.०३ अंकले घटेको छ ।  निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी अर्थात ३९.८९ अंकले बढेको छ । बैंकिङ १३.५१ विकास बैंक १२.०९, उर्जा ११.१ अंकले बढेको छ ।

सो दिन एक सय ५५ कम्पनीको २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा नेपाल बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । मिर्रमिरे लघुवित्त वित्तिय संस्थाको लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने लक्ष्मी इक्युटि फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु