Motors
NiC Asia

गृहपृष्ठ वाइडबडी प्रकरण : छानविनमा उपसमिति गठन

वाइडबडी प्रकरण : छानविनमा उपसमिति गठन

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको २ वटा वाइडबडी विमान खरिद प्रक्रियामा भएको ‘अनियमितता’बारे छानबिन गर्न उपसमिति बनाएको छ ।

समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो । उपसमितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार प्रारम्भिक छानबिन गरेको लेखा समितिले वाइडबडी विमान गरिद प्रकरणमा साढे ६ अर्ब रुपैयाँ घोटाला भएको संकेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु