Motors
NiC Asia

गृहपृष्ठ ११ महिना १० लाख पर्यटक भित्रिए

११ महिना १० लाख पर्यटक भित्रिए

सन् २०१८ को पहिलो ११ महिना (जनवरीदेखि नोभेम्बरसम्म)मा नेपालमा १० लाख पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले पर्यटन आगमनलाई कोशेढुंगा भनेको छ।

चालु वर्षको पहिलो ११ महिनामा १० लाख १ हजार ९ सय ३० विदेशी नेपाल आएका हुन्। यो संख्या गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले धेरै हो। यो तथ्यांकमा हवाईजहाजबाट नेपाल आएका पर्यटकको संख्या मात्रै समावेश छ।  पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक नेपालमा आएका छन्। यो अवधिमा भारतबाट १ लाख ७८ हजार १३० जना पर्यटक नेपाल आएका छन्।

भारतपछि चीन दोस्रो स्थानमा छ। चीनबाट १ लाख ३४ हजार ३६२ जना पर्यटक नेपाल घुम्न आएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। चीनबाट गत वर्षको यही अवधिमा ९३ हजार ६५४ जना चिनियाँ नेपाल घुम्न आएका छन्।  नेपालमा घुम्न आउने विदेशीमा अमेरिकी नागरिक तेस्रो स्थानमा छन्। अमेरिकाबाट ८२ हजार ८७० पर्यटक नेपाल घुम्न आएका छन्। अघिल्लो वर्ष अमेरिकाबाट ७३ हजार ६५० अमेरिकी नेपाल घुम्न आएका थिए।

बेलायतबाट ५७ हजार ५५५ जना पर्यटक नेपाल घुम्न आएका छन्। गत वर्षको यो अवधिमा ५० हजार ६ सय ५२ जना बेलायती नेपाल घुम्न आएको बोर्डको तथ्यांकमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु