Motors
NiC Asia

गृहपृष्ठ प्रविधिमा फड्को मार्दै मुलुक, ५१ लाख चलाउदैछन मोवाइल बैंकिङ

प्रविधिमा फड्को मार्दै मुलुक, ५१ लाख चलाउदैछन मोवाइल बैंकिङ

मोबाइलमार्फत बैकिङ सेवा लिने ग्राहकको संख्या ५० लाख ८६ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा समय मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ह्वात्तै बढेको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतभन्दा बढिले मोबाइलबाट बैकिङ सुविधा लिनेको ग्राहक संख्या बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आर्थिक वर्षको भाद्रसम्म यस्तो सेवा लिनेको संख्या २६ लाख ६९ हजारमात्र थियो ।

बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको हो । तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या करिब ५१ लाख र इन्टरनेट बंैकिङ ग्राहकको संख्या आठ लाख ३४ हजार पुगेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । मोबाइल बैकिङ प्रणालीले क्यासलेस प्रणालीको विकास गर्ने उनले बताए । यो एउटा विद्युतीय वालेट हो ।

बैंकिङ क्षेत्रको पछिल्लो प्रविधिमा छोटो सयमै ठूलो संख्यामा ग्राहक तानिएका छन् । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययमका रूपमा मोबाइल बैंकिङलार्य हेरिने गरिएको छ । त्यसले क्यासलेस कारोबारको विकासका लागि मद्दत गर्ने बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले वित्तीय क्षेत्रमा आउने नयाँ अध्यायका रुपमा मोबाइल बैंकिङ देखिएको बताए । मोबाइल बैकिङ प्रयोग कर्ता बढ्नु भनेको क्यासलेस प्रविधिलाई मानिसले आत्मसाथ गर्दै जानु हो’, उनले भने ‘‘यसलाई सबै बैंकले अँगाल्न जरुरी छ ।’

प्रविधिमा अव्यस्त ग्राहकहरू बैंकमा गएर कारोबार गर्न रुचाउँदैनन्, एटिएम धाउन पनि रुचाउँदैन् यस कारणले पनि मोबाइल बैंकिङकर्ताको संख्या बढेको हो । बैंकिङ क्षेत्र पछिल्लो समय प्रयोगमा आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्ड जस्ता प्रविधिले बैंकको लागत घटाएको ढुंगानाले बताए । यसले शाखा खोल्दा लाग्ने लागत, कर्मचारी व्यवस्थापन लागतमा समेत आएको छ ।

मोबाइल बैकिङ प्रणालीमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको बिल भुक्तान गर्र्न, डेभिटरक्रेडिट कार्डका लागि फारम भर्न, खातामा भएको हेरफेर, अनलाइन किनमेल, बिजुली तथा पानीको पैसा तिर्न सकिनेछ ।

नेपालको सन् २००५ मा पहिलोपटक स्टान्डर्ड चाटर्ड बैंकबाट मोबाइल बैंकिङको सुरुवात भएको थियो । सुरुमा यो एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो ।

त्यसपछि सन् २००९ मा आएर नेपालमा लक्ष्मी बैंकले मोबाइल मनिको सुरुवात गर्यो । यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातामा पैसा टान्सफर गर्न, मोबाइल रिचार्ज गर्न सकिन्थ्यो ।

ग्लोबल आईएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको हो । ग्लोबल बैंकले पहिलोपटक एसएसएस प्रणाली छाडेर इन्टरनेटमा आधारित स्मार्ट बैंकिङको सुरुवात गरेको हो । अहिले प्राय सबै बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु