Motors
NiC Asia

गृहपृष्ठ निर्धनले दियो बर्दियामा उद्यमशीलता विकास तालिम

निर्धनले दियो बर्दियामा उद्यमशीलता विकास तालिम

काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्र्तिक २८ गतेदेखि ३० गतेसम्म बर्दिया जिल्लाको भुरिगाउँमा “उद्यमशीलता विकास तालिम” सम्पन्न गरेको छ ।

उक्त तालिममा भुरिगाउँ शाखाका २२ जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको संस्थाका भुरिगाउँ शाखा कार्यालयका शाखा प्रमुख माधव शर्माले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरुमा संस्थाको केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठ, कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत जिताराम गौतम रहेका थिए ।

यस तालिममा ग्राहक सदस्यहरुले आयआर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, आत्म विश्लेषण, सफल उद्यमीका विशेषताहरु, बाखा्रपालन तथा भैंसीपालन सम्बन्धी भिडियो, वित्तीय साक्षरता सम्बन्धी भिडियो, ब्यवसाय छनौट, प्रारम्भिक छनौट प्रक्रिया, वृहद छनौट, सुक्ष्म छनौट प्रक्रिया, सफल उद्यमीको अनुभव, नमूना स्किमहरु, विभिन्न प्रविधि सम्बन्धी भिडियोहरु, संस्थाको सेवाहरु, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बजार, बजारिकरण, बजार सञ्जालको महत्व बारेमा सहभागीहरुले जानकारी लिएको कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत गौतमले जानकारी गराएका थिए ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट चन्द्रकला पोखरेल, ललिता चौधरीले तालिमको मूल्याकंन गरेका थिए । यस उद्यमशीलता विकास तालिम फाइदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए । संस्थाले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफनो ग्राहक सदस्यहरुको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरुले खुशी ब्यक्त गरेका थिए । समापन सत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाका सहायक दिपेन्द्र वली, सहायक सुस्मिता आचार्य, लेखापाल मानबहादुर भण्डारी, शाखा प्रमुख माधव शर्मा, कार्यक्रम अधिकृत जिताराम गौतमले मन्तब्य दिएका थिए ।

कार्यक्रम अधिकृत गौतमले एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको बताएको थिए । संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत गौतमले बताएका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइ रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ ।

यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता विकास तालिम, ब्यवसाय विकास तालिम कार्यक्रम प्रदान गर्दै आइ रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । संस्थाका ग्राहक सदस्यहरुलाई ब्यवसायिक रुपमा ब्यवसाय गर्न थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका भुरिगाउँ शाखाका प्रमुख शर्माले जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु