Motors
NiC Asia

गृहपृष्ठ उदयपुरमा जग्गा अतिक्रमण रोक्न सीडीओले दिए मेयरलाई ७ दिने अल्टिमेटम

उदयपुरमा जग्गा अतिक्रमण रोक्न सीडीओले दिए मेयरलाई ७ दिने अल्टिमेटम

उदयपुरमा जग्गा अतिक्रमण कार्य पछिल्लो समय बढ्दै गएको छ । सार्वजनिक जग्गा अतिक्रमण बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालयले समेत चासो दिएको छ ।

त्रियुगा हवाई मैदानको जमीनमा अतिक्रमण भएको कुरा बाहिर आए पछि अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले त्रियुवा नगरपालिकालाई अतिक्रमण रोक्न ७ दिने अल्टिमेटम दिएका छन् ।

नगरपालिकालाई ७ दिनको समयसिमा दिएर गत जेठ २७ गते अतिक्रमण रोक्न सीडीओ आफैले हस्ताक्षर गरेर पत्र काटेका थिए । तर, यस विषयमा हालसम्म केहि उपलब्धी हुन नसकेको स्थानीय हरिकुमार चौधरीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु