गृहपृष्ठ दूरसञ्चार सेवा प्रयोगकर्ताको सङ्ख्यासँगै गुणात्मक वृद्धि

दूरसञ्चार सेवा प्रयोगकर्ताको सङ्ख्यासँगै गुणात्मक वृद्धि

 

नवीन, अत्याधुनिक दूरसञ्चार सेवाहरु सुरु भएसँगै दूरसञ्चार सेवा प्रदायक तथा प्रयोगकर्ताको संख्या र त्यसको सेवामा संख्यात्मक तथा गुणात्मक वृद्धि भएको छ । सरकारले आइतवार संघीय संसदमा प्रस्तुत गरेको चालु आवको आठ महिनाको आर्थिक सर्वेक्षणलाई हेर्ने हो भने टेलिफोन ग्राहक संख्या ३ करोड ८१ लाख ६० हजार १४२ र टेलिफोन प्रयोगकर्ताको घनत्व १३।०३ प्रतिशत पुगेको छ ।

टेलिफोन घनत्वको लागि सन् २०१८ को प्रक्षेपित जनसंख्यालाई आधार मानिएको छ । मोवाइल फोन प्रयोगकर्ताको संख्या ३ करोड ७२ लाख ९७ हजार ७२७, आधारभूत टेलिफोन प्रयोगकर्ताको संख्या ८ लाख ६० हजार ६ सय ७३ र जियमपिसिएस प्रयोगकर्ताको संख्या एक हजार ७४२ रहेको छ ।

त्यसैगरी देशका ७७ वटै जिल्लामा मोवाइल सुविधा पुगेको र करिव ९० प्रतिशत भू–भागमा मोवाइल सेवाको पहुँच पुगेको सर्वेणमा उल्लेख गरिएको छ । साथै काठमाडौँ उपत्यका र पोखरामा उच्च प्रविधिको मोवाईल फोरजी सेवा सुरु भएको छ । सर्वेक्षणमा भनिएको छ–“सूचना तथा सञ्चारको क्षेत्रमा क्रमशः सुधार हुँदै गएको छ । नेपाल टेलिभजिनबाट राष्ट्रिय च्यानल, एन।टि।भि। प्लस, समाचार च्यानल र कोहलपुर गरि चारवटा च्यानलबाट २४ सै घण्टा समाचार, सूचना, तथा विविध कार्यक्रमहरु प्रसारण हुँदै आएको छ ।”

उक्त टेलिभिजनले विभिन्न १९ स्थानमा प्रसारण केन्द्रहरु स्थापना गरी आफ्नो भू–सतही प्रसारण सेवा पु¥याएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणको पहुँच जनसंख्याको ७२।५ प्रतिशत र भौगोलिक हिसावले ५२ प्रतिशत रहेको छ । एन।टि।भि प्लसको प्रसारण पहुँच जनसङ्ख्याको ४२ प्रतिशत र भौगोलिक हिसावले ३० प्रतिशत रहेको छ । साथै भू–उपग्रह मार्फत मुलुकभर विश्वका १४६ मुलुकहरुमा नेपाल टेलिभिजनको पहुँच पुगेको छ ।

त्यसैगरी भाषिक दृष्टिले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट ८ सहित जम्मा २१ भाषामा समाचार तथा मनोरञ्जनात्मक तथा चेतनामूलक कार्यक्रम प्रसारण हुँदै आएको छ । रेडियो नेपालको प्रसारण पहुँच ८७ प्रतिशत जनसंख्या र ९० प्रतिशत भू–भागमा पुगेको छ । संघ, प्रदेश र स्थानीय तहमा आफ्नो संरचना खडा गरी रेडियो नेपालले प्रसारण सेवा सञ्चालन गरिएको छ ।

चलचित्र व्यवसायमा ई–टिकेटिङको व्यवस्था सहित २०७४ फागुन १ गतेदेखि चलचित्र वितरण र प्रदर्शनमा बक्स अफिस लागू गरिएको छ । अहिलेसम्म ८७२ वटा एफएम रेडियोले इजाजत लिएका छन भने ६२७ वटा नियमित प्रसारणमा छन । त्यसैगरी १२४ वटा टेलिभिजनले इजाजत लिएका छन भने ३६ वटा नियमित प्रसारणमा छन ।

हालसम्म ५७ जिल्ला हुलाक कार्यालय र ८ इलाका हु्लाक कार्यालयमा हुलाक बचत बैँकको डिजिटाइजेशन भएको छ । काउन्टर अटोमेशन भएका ७० हुलाक कार्यालयहरु÷हुलाक सेवामा अनलाईन ट्रयाकिङ प्रणाली सुरुवात भएको छ । टिकट व्यवस्थापनको सफ्टवेयर तयार गरी आर्थिक वर्ष २०७२÷७३ सम्मको अभिलेख पोस्टिङ पुरा भई चालु आर्थिक वर्षको अभिलेख पोस्टिङ भइरहेको सरकारको भनाइ छ । सूचना विभाग, गोरखापत्र संस्थान, रािष्ट्रय समाचार समिति र प्रेस काउन्सिल नेपालले छापा सञ्चारमाध्यमबाट सूचना सम्प्रेषणको कार्य गरिरहेका छन ।

गोरखापत्र संस्थानले गोरखापत्र दैनिक, द राइजिङ नेपाल दैनिक, शुक्रवार साप्ताहिक पत्रिका, मधुपर्क मासिक पत्रिका, युवामञ्च मासिक र मुना मासिक पत्रिका प्रकाशन गरी राष्ट्रको मुखपत्रको भूमिका निर्वाह गर्दै आएको छ । नयाँ नेपाल निर्माण अभियान अन्तर्गत विभिन्न ३७ वटा राष्ट्रिय भाषामा बहुआयामिक पृष्ठ प्रकाशन गरिदै आएको छ । यसबाट भाषिक तथा सांस्कृतिक उत्थानका लागि सहयोग पुगेको सरकारको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म सूचना विभागमा ७०५ वटा दैनिक पत्रिका दर्ता भएका छन । त्यसैगरी ३७ अर्ध साप्ताहिक, दुई हजार ८७५ साप्ताहिक, ४७० पाक्षिक, दुई हजार २७१ मासिक, ३७५ द्धैमासिक, ६१६ त्रैमासिक, ३८ चौमासिक, ८४ अर्ध वार्षिक र ९० वार्षिक गरी जम्मा सात हजार ५६१ पत्रपत्रिका दर्ता भएका छन । भाषागत रुपमा नेपाली, अङ्ग्रेजी, नेपाली्÷अङ्गे्रजी, नेवारी, संस्कृति, हिन्दी, मैथिली, भोजपुरी, उर्दु, लिम्बु, तिब्बती, थारु, डोटेली, तामाङ, राई र अन्य भाषामा पत्रपत्रिकाहरु प्रकाशन हुँदै आएका छन । दर्ता भएका पत्रपत्रिकामध्ये करिव ६८ प्रतिशत नेपाली , ७ प्रतिशत अङ्गेजी र १८ प्रतिशत नेपाली÷अङ्ग्रेजी भाषामा रहेका छन ।

सरकारी एकीकृत डाटा केन्द्रको इलेक्ट्रोनिक इनफरमेशन सिस्टम तथा सूचना प्रविधि सुरक्षा सुदृढीकरण गरी सरकारी एकीकृत डाटा केन्द्रबाट प्रदान गरिएका सेवालाई भरपर्दो र सर्वसुलभ पारिएको छ । सरकारले दैविप्रकोप तथा अन्य आपतकालिन अवस्थामा क्षति हुन सक्ने सूचनाको सुरक्षार्थ मकवानपुरको हेटाँैडामा डाटा रिकभरी सेन्टर को निर्माण कार्य सम्पन्न गरेको छ ।

नेपाल सरकारको भुक्तानी प्रक्रियालाई अनलाईनबाटै गर्न सक्ने बनाउन यी पेमेन्ट गेटवयको निर्माण सुरु गरेको छ ।
त्यसैगरी नेशनल पोर्टलको अपग्रेट गरिनुका साथै मोवाइल एप्स निर्माण्न गरिएको छ । सम्वन्धित निकायबाटै सूचना अपलोड गर्न सकिने व्यवस्था गरिएको छ । कक्षा ४ देखि ७ सम्मको विज्ञान विषयको र कक्षा ४ देखि ९ सम्मको गणित विषयको डिजिटल कन्टेन्ट तयार भएको छ । मध्यान्ह राष्ट्रिय दैनिकबाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु