Motors
NiC Asia

गृहपृष्ठ पाहुनाको सत्कार : घरकालाई सास्ती

पाहुनाको सत्कार : घरकालाई सास्ती

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन बिहीबार आज देखि सुरु हुँदैछ । सम्मेलनको लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आईसकेका छन् । अतिथि देवोः भव नेपालीमा प्रसिद्ध भनाई नै छ । नेपालमा पाहुनालाई भगवानको स्वरुपमा स्वागत, सत्कार गर्ने परम्परा कुनै नौलो होइन ।

तर नेपाल सरकारले पाहुँनाको सवगतको नाममा नेपालीलाई भने बढी नै अपनाउको त हैन भन्ने प्रश्न उठ्न थालेको छ । बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने राष्ट्र प्रमुखहरुको स्वागतमा सरकारले धेरै नै राम्रो गरिरहेको छ । हप्ता दिन अगाडीबाट नै राष्ट्र प्रमुखहरुको सवारी हुने सडक रातरात लिपपोत तथा टालटुलको काम भईरहेको थियो ।

अन्य परम्परागत बिदा कटौती गरेको सरकारले बिमस्टेक सम्मेलनमा प्रभाव नपरोस भनेर काठ्माण्डौँ भित्र २ दिन सार्वजानीक बिदा नै दियो ।

बिमस्टेक शिखर सम्मेलनको एकहप्ता अगाडीबाट सुरु भएको जनताको सास्ती बिमस्टेक सम्मेलन सम्म आईपुग्दा त आफ्नै घर अगाडीको सडक पेटीमा पनि हिड्न नपाउने गरि दुख थपिएको छ ।

भिआइपीको सवारीले सर्वसाधारणलाई पैदल समेत हिड्न दिईएन । यहां सम्म कि अस्पताल हिडेका विरामीलाई समेत बाटो काट्न दिइएन र सवारी भरी घण्टौ सम्म सडक उभ्याएर राखियो । परिक्षा दिन हिडेकाहरु पनि प्रवेश पत्र देखाउदा समेत प्रहरीले सडकमा हिड्न दिईएन । र समय मै परिक्षा केन्द्रमा पुग्न नपाउदा परिक्षा समेत छुटेका छन् । यी त प्रतिनिधी उदाहरणमात्र हुन् ।

विमस्टेकका कारण सर्वसाधारण अफिस र आ आफना काममा हिडेकाहरुलाई टाउको दुखाई बनेको छ । बिमस्टेकलाई मध्यनजर गर्दै राजधानीको ट्रफिक व्यवस्था मिलाउन वुधबार, बिहीबार र शुक्रबारको लागि जोर विजोर गाडि चलाउने व्यवस्था मिलाइएको छ । तर घण्टौ रोकिदा दैनिक प्रभावित बनेको छ । जोर विजोर सवारी चल्दा पनि सर्वसाधारणले भने सास्ती व्यहोर्न परेको छ ।

यसै त काठमाडौंमा सार्वजनिक सवारीको पर्याप्तता छैन त्यसैमा जोर विजोरमा सवारी चल्दा गन्तव्यमा पुग्न गाडि नपाउने समस्या यात्रुमा छ । विशिष्ट पाहुनाको आगमन र सवारीको क्रममा सवारी रोकिँदा समेत यात्रुहरु तानाबमा देखिन्छन् अनि भन्छन र बरु कफुर्य लगाउदा हुने भन्दै आक्रोसित बनेका छन् । सुरक्षाको लागि भन्दै सर्वसाधारणर्ला अनावश्यक दुख दिईरहेका छन् ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् भने नेपाली सेनाले हवाई गस्ती समेत गरेको छ ।
सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका प्रमुखहरु काठ्माण्डौको सडकको खाल्टामा परेर लड्लान भनेर सरकारले दिनरात नभनि सडक मर्मत गरेको थियो । त्यस समयमा सर्वसाधारणले ३० मिनेट देखी २÷३ घण्टाको जाम पनि खेपेका थिए ।

अधिकाश कर्मचारीहरु १० बजे कार्यालय पुग्नका लागि ७÷८ बजे नै गाडी चड्ने गर्छन् । तर वास्तबिक लाग्ने समय भनेको घर देखी कार्यलय सम्म ३० मिनेट देखी १ घण्टा सम्मको हुन्छ । बाकीँ अतिरिक्त समय सरकारले गर्ने मौसमी विकास निर्माणका लागि अबरुद्ध बनाउने सडक जामको नाममा हुन्छ ।

पाँहुनालाई सत्कार गर्ने होस् या विकास निमार्णको खर्च सिध्याउन जे होस् विकास निमार्णको काम त भएको छ केही दुख सहलौ भनेर जनता मौन बसेका हुन्छन् । तर सरकार भनौ या ठेकेदार कम्पनीहरुले जनताको मौनताको फाईदा उठाउदै २ दिन पनि नटिक्ने कमसल बाटो निमार्ण गरेको जनगुनासो ब्याप्त छ ।

जनताले गुनासो गर्ने कसलाई सरकार ठेकेदार कम्पनीलाई दोष दिन तल्लिन हुन्छ अनि ठेकेदार कम्पनी रातरात गरेको काम यस्तै हो हामीलाई पनि गरेर देखाउनु भन्या थियो बनाएर टिकाउनु होइन भन्छन् । २ दिन सम्म टिक्ने सडकमा जनताले शान्तीसंग हिड्न पाएपनि चित्त बुझ्थ्यो होला । तर कहाँ हिड्न पाउने त्यो सडक त भिआइएपीको लागी रे, जनता त सडक पेटीमा हिड्दा पनि सवारी नसकिउन्जेल रोकिनु पर्ने भए । नभए त प्रहरीको नमिठो लागी संगै लाठी पनि खानु पर्ने हुन्छ । जोड बिजोड गरेर गाडी चल्दा गाडी नपाउने समस्या आफ्नो ठाँउमा छदै छ ।

गाडी कुर्न नै पनि सडक पेटीमा उभिन नपाए पछि सरकारले घर घरमा नै जनतालाई गाडी जाने व्यवस्था गरिदिएको भए जनतालाई सहज हुन्थ्यो होला । सडकमा जनताको समस्या त छदै छ हवाई उडान पनि प्रभावित नै बनाएर पाहुनाको स्वागतमा तल्लिन छ सरकार ।

बिमस्टेक शिखर सम्मेलनका अन्य सदस्य राष्ट्र प्रमुखहरु नेपालमा आउदा अबरुद्ध नभएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भारतका प्रधानमन्त्री नरेद्रमोदी आउदा अढाई घण्टा आन्तरिक तथा बाह्य दुबै उडान ठप्प बनाइयो ।

सुरक्षाको दृष्ट्रीले सरकारले सदस्य मुलुकका राष्ट्र प्रमुखहरुलाई उच्च सुरक्षा दिएको तर उनीहरुलाई सुरक्षा दिरहन्दाँ आफ्ना जनताहरु भने कति शास्ती भइरहेका छन् भन्नेमा भने कुनै ध्यान नदिएको यी उदाहरणहरुले प्रष्ट पार्छ ।

नेपाल जस्तो अल्पविकासित मुलुकको हवाई उडानमा अढाई घण्टा अबरुद्ध हुदा देशको अर्थतन्त्रमा कति प्रभाव पर्ला त्यो सरकारले नै सोचोस् ?
अर्को बिड्म्बना त बिमस्टेकका सदस्य राष्ट्रहरु सबैसंग नेपालको अर्बौंको व्यापारघाटा छ । तर नेपाल सरकारले बिमस्टेक शिखर सम्मेलनका लागि मात्र अर्बौं खर्च गरिरहेको छ ।

जनतालाई विभिन्न बाहनामा करको दायरा बढाउदै जनतालाई दुख दिने सरकारले ती नै दुखी जनताको पसिनाको पैसाले ढोगी पारामा पाहुनाको सत्कार गरिरहेको देख्ना आम नागरिक समेत आश्चर्यमा छन ।

माहोल बिमस्टेकको मात्र नभएर नेपालमा जति पनि मित्रराष्ट्र प्रमुखहरुको भ्रमण हुन्छ या अन्तराष्ट्रिय सम्मेलनहरु हुन्छन् । जनतामा छाप परि सकेको अब अरु नभएपनि सडकको खाल्टा, र धुलोहरुको आयु केही दिनलाई सकिन्छ । यि र यस्ता सम्मेलन वा भ्रमणबाट जनताले सकारात्मक परिवर्तनको अनुभव गर्ने नपाएर नै हुन् उनीहरुमा म यस्तो नकारात्मक छाप बसेको हो ।

नेपालको हरेक मुलुक संग बर्षेनी ब्यापारघाटा बढीरहेको छ । गत बर्ष मात्र १२ खर्बको व्यापारघाटा खेपेको नेपालले बिमस्टेक शिखर सम्मेलनमा भाग लिने सबै राष्ट्रहरुसंग पनि घाटाको नै व्यापार गरेको छ ।

गत आर्थिक बर्षमा मात्र नेपालको भारतसँग ७ खर्व ६४ अर्ब, बंगलादेशसँग ३ अर्ब ७० करोड, थाइल्याण्डसँग १३ अर्ब १० करोड, म्यानमारसँग ४ अर्ब ११ करोड र भूटानसँग १ अर्ब ५६ करोड व्यापार घाटा रहेको देखिन्छ । भन्सार बिभागको यो तथ्याङ्ग अनुसार बिम्स्टेक राष्ट्र बिच नेपालको ब्यापारीक अवस्था सबैभन्दा नाजुक देखिन्छ ।

व्यापारघाटाको अवस्थालाई नै मध्यनजर गरेर नेपाल सरकारले बिमस्टेक सम्मेलनमा आफ्नो प्रमुख एजेण्डा व्यापार विस्तार र विकासलाई बनाउनु पर्ने हो तर हाल सम्म प्रभावकारी र प्रमुख चासोमा उक्त बिषयको उठान भएको पाईएको छैन ।

बिमस्टेकको सदस्य राष्ट्र मध्ये सबैभन्दा बढी घाटाको ब्यावपार गरिरहेको नेपालले यो सम्मेलनमा ति विषयहरुलाई गहनताका साथ छलफल गरि ब्यापार विस्तार र लगानी प्रवद्र्धनमा जोड देला या सदस्य राष्ट्रलाई भेला गरेर सम्मेलन सम्पन्न गर्ने मात्र काम गर्ला सबैको चासोको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु