Motors
NiC Asia

गृहपृष्ठ नोभेम्बरमा हुने चुनावपछि उत्तर कोरियासँग ट्रम्पले वार्ता गर्ने

नोभेम्बरमा हुने चुनावपछि उत्तर कोरियासँग ट्रम्पले वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमजोङ ऊन सँग दोस्रो पटकको वार्ताका लागि सहमति जनाएका छन् । आगामी ६ नोभेम्बरमा हुने अमेरिकी चुनाव पछि उत्तरकोरिया सँग वार्ता गर्ने राष्ट्रपति ट्रम्पले खुलासा गरेका छन् ।

अमेरिकाको आर्थिक प्रतिवन्ध झेल्दै आएको उत्तरकोरियाले अमेरिकी राष्ट्रपतिसँग दोस्रा ेवार्ता गरेर सो प्रतिवन्ध फुकाउन खोजेको छ । उत्तरकोरियाका शासक किमजोङ ऊनले अमेरिकासँग छिटै दोस्रो वार्ता गर्न इच्छुक रहेको बेला राष्ट्रपति ट्रम्पले अमेरिकामा ६ नोभेम्बरमा हुने निर्वाचनपछि भेटवार्ता गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्प र उत्तरकोरियाका शासक किमबीच गत जुन १२ तारिकमा सिङगापुरमा प्रथम पटक ऐतिहासिक वार्ता भएको थियो । सो वार्ता पछि दुवै देशबचिको तिक्ततामा कमि आएको छ ।

तर उत्तरकोरिया विरुद्ध आर्थिक नाकाबन्दि भने जारी नै छ । यो बिचमा दुबै देशको उच्च स्तरिय प्रतिनिधि मण्डलले एकअर्काको देशमा भ्रमण गरेर चिसिएको सम्बन्ध सुधारमा प्रयास गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु