Motors
NiC Asia

गृहपृष्ठ राहदानीबाट करोड बढी राजस्व संकलन

राहदानीबाट करोड बढी राजस्व संकलन

लमजुङमा चालु आर्थिक वर्षको ९ महिनामा राहदानीबाट एक करोड भन्दा वढि राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा १ करोड ३० लाख ४३ हजार ५ सय रुपैयाँ संकलन भएको हो । जसमध्ये सवैभन्दा धैरै पुस महिनामा २० लाख २५ हजार र सवैभन्दा कम मंसिर महिनामा १० लाख ८६ हजार रुपैया राजस्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार साउनदेखि चैतसम्मको अवधिमा २ हजार ७ सय ४० जनाले साधारण राहदानी लिएबापात उक्त राजस्व संकलन भएको हो । सो अवधिमा जिल्लाबाट १ हजार ४ सय ११ जनाले द्रुत सेवामा राहदानी लिएको उहाँले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७३÷०७४ मा १ करोड ८१ लाख ७० हजार रुपैया संकलन भएको थियो । गतवर्ष ३ हजार ४ सय २९ जनाले साधारण राहदानी लिएका थिए भने १ हजार ५ सय ९ जनाले दु्रतसेवामा राहदानी लिएका छन् । लमजुङमा पछील्लो समय राहदानी अर्थात् पासपार्ट बनाउने संख्यामा बृद्धि भएको प्रशासन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार पासपोर्ट लिनेमा महिला भन्दा पुरुषको सङख्या बढी देखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु