Motors
NiC Asia

गृहपृष्ठ हराएका पौडेल फेरि भेटिए सांगितिक बजारमा

हराएका पौडेल फेरि भेटिए सांगितिक बजारमा

गायन क्षेत्रमा गायक नविन पौडेलले तहल्का मच्चाउने भएका छन् । निर्माण एवं निर्देशनमा राम्रै सफलता प्राप्त गरेका पौडेल केहि समयदेखि हराएका थिए । नृपाली कला, संगित क्षेत्रमा लामो योगदान गरे पनि बिचमा एकाएक हराएका पौडेलले अब फेरी सांगितिक बजार तताउने भएका हुन् । गायक पौडेलले अब बजारमा नयाँ एल्बम ल्याएर तहल्का मच्चाउने भएका हुन् ।

पूर्वको झापा स्थायी घर भएका गायक पौडेल केहि समय अघिसम्म गुमनाम भए पनि पछिल्लो समय नोपली मिडियामा छाइरहेका छन् । अहिले गायक पौडेल नयाँ एल्बमको अन्तिम तयारीमा जुटेको बताउछन् । पहिलो एल्बम पागलपनबाट त्यति राम्रो सफलता नपाए पनि एउटा गितले सांगितिक क्षेत्रमा राम्रै स्थान जमाउन सफल भएको थियो ।

करिब ५ बर्ष अघि तत्कालिन नेपाल टेलिभिजन–२ बाट प्रशारित ‘चलेको चलन’ नामक नेपाली टेलिचलचित्र निर्माण गरेर चर्चा कमाएका नविन उक्त टेलिचलचित्रको प्रमुख कलाकारको भूमिकामा समेत देखिएका थिए । चलेको चलनबाट नै निर्माता एवं कलाकारको छवि बनाएका नविन कलाकारिता छाडेर गायन तर्फ लागेका थिए ।

‘पागल पन’ नामक एकल आधुनिक एल्बम बजारमा ल्याइसकेका नविन अहिले ‘स्ट्रगल’ नामक नयाँ एल्बम बजारमा ल्याउने अन्तिम तयारीमा लागेका छन् । गायक नविनका अनुसार उनको नयाँ एल्बममा ६ वटा गित समावेश हुनेछन् । समावेश हुने ६ वटा गित मध्ये ४ वटा रेकर्ड समेत भइसकेको उनले बताए । सबै गित फाइनल भए पछि मात्रै सार्वजनिक गर्ने नविनको तयारी रहेको छ ।

अब बजारमा ल्याउने एल्बमले सांगतिक क्षेत्र तताउने गायन पौडेलको विस्वास रहेको छ । नयाँ एल्बममा राम्रा राम्रा गित समावेश गरिएकाले सांगितिक क्षेत्रमा गायक पौडेलले छलाङ मार्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु