Motors
NiC Asia

गृहपृष्ठ असोज १९ देखि कुपण्डोल ‘दशै फेष्ट’ ख्यातिप्राप्त कलाकारकाे बेजाेड प्रस्तुति

असोज १९ देखि कुपण्डोल ‘दशै फेष्ट’ ख्यातिप्राप्त कलाकारकाे बेजाेड प्रस्तुति

ललितपुर÷मस– आगामी १९ गतेदेखि लतिपुरको कुपण्डोलमा कुपण्डोल महोत्सव आयोजना हुने भएको छ । गणेश युवा क्लबको आयोजनामा उक्त महोत्सव हुने भएको हो ।

महोत्सवमा फूड फेष्टिबल तथा विभिन्न प्रकारका मनारेञ्जनका कार्यक्रम समेत सञ्चालन हुने बताइएको छ । कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वली, गायक सुगम पोखरेल, एड्रीयन प्रधान एण्ड फ्रेण्स, आशिस राना, यम बराल, प्रमोख खरेल, भोजराज काफ्ले, उदेश श्रेष्ठ, कमल खत्री, राधिका हमाल लगायतको बेजोड प्रस्तुति हुने बताइको छ । यसका साथै हास्यकलाकारहरु जितु नेपाल तथा महादेव त्रिपाठीले समेत आफ्नो प्रस्तुति राख्नेछन् ।

कुपण्डोलको बागमति किनारामा आयोजना हुने उक्त महोत्सव २१ गतेसम्म सञ्चालन हुने आयोजक संस्था गणेश युवा क्लबले जानकारी दिएको छ । महोत्सव आयोजना हुने भए पछि स्थानीयवासीमा समेत खुसीयाली छाएको छ । चाडपर्वलाई अझ रमाईलो बनाउनका लागि यस्ता कार्यक्रमहरु फलदायी हुने कुपण्डोल निवासी मोहनजंग कार्की बताउछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु