Motors
NiC Asia

गृहपृष्ठ विद्युत् चोर्नेलाई ठेगान लगाउन दुई मन्त्रालयबीच सहमति

विद्युत् चोर्नेलाई ठेगान लगाउन दुई मन्त्रालयबीच सहमति

सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच संयुक्त कार्ययोजना बनाइ अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

गहृ मन्त्रालयमा बुधबार विद्युत चुहावट नियन्त्रण, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइन आयोजना लगायतका विषयमा भएको छलफलमा गृह मन्त्री थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुन, गृह सचिव प्रेमकुरमा राई, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो । छलफलले विद्युत् चोरी नियन्त्रणलाई परिमाणमूखी बनाउन जिल्ला प्शासन कार्यालय तथा प्राधिकरण माताहतका कार्यालयले सक्रिय रुपमा का मगर्ने र चोरी भएको पाइए दुबै मन्त्रालयले कानून अनुसार कडा भन्दा कारबाही गर्ने निर्णय भएको छ ।

बैठकमा विद्युत् निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूति गर्न थप सुरक्षा आवश्यक भएमा गृह मन्त्रालयमार्फत सक्रियतापूर्वक कार्य गर्ने निर्णय गरेको छ । यस्तै सडक निर्माणका सन्दर्भमा विद्युत्का पोल समस्याका रुपमा रहेकाले अन्तर निकाय समन्वय गरी अत्यावश्यक स्थानमा तत्काल बिजुलीका पोल सार्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका आयोजनाको निर्माण कार्यमा लापर्बाही भई समयमा नै गुणस्तरीय काम नभए ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अनुरोध भई आएमा गृह मन्त्रालयबाट कानूनबमोजिम कारबाही गर्ने निर्णयसमेत भएको छ ।

चालू आर्थिक वर्ष ०७४÷७५ भित्र प्रणालीमा रहेको चुहावटलाई २०.०६ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष ०७३÷७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्ष्भित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु