गृहपृष्ठ किमसँगको शिखर वार्तापछि अमेरिकाले निशस्त्रीकरणका बारेमा मुख खोल्यो

किमसँगको शिखर वार्तापछि अमेरिकाले निशस्त्रीकरणका बारेमा मुख खोल्यो

अमेरिकाले उत्तर कोरियाले सन् २०२० भित्र आफूलाई परमाणुमुक्त गरेर देखाउनुपर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको ऐतिहासिक वार्तापछि अमेरिकाको यो धारणा आएको हो । दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियासँग अझै एक ठूलो काम गर्न बाँकी नै रहेको बताए । उनले सन् २०२० भित्र उत्तर कोरियाले आफूलाई निशस्त्रीकरण गर्नेमा अमेरिका विश्वस्त रहेको बताए ।

ट्रम्प र किमबीचको वार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु निशस्त्रीकरण गर्ने सहमति भएको थियो । तर, उत्तर कोरियाले कहिले र कसरी परमाणु हतियार छाड्ने भन्ने चाहिं सार्वजनिक भइसकेको छैन । त्यहि कारण ट्रम्प र किमबीच भएको सम्झौताको कतिपयले आलोचना गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु