Motors
NiC Asia

गृहपृष्ठ चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकाको घोषणा

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकाको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट आयात हुने ५० अर्ब डलर बराबरका ८ सयभन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले बौद्धिक सम्पति चोरीको आरोपमा आगामी ६ जुलाईदेखि लागू हुने गरी ३४ अर्ब डलर बराबरका चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छन् ।

ह्वाइटहाउसले बाँकी १६ अर्ब डलर बराबरका उत्पादनमा पनि कर लगाउनेबारे परामर्श गरिने बताएको छ । ट्रम्पले चीनमा अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तिको थप अनुचित हस्तान्तरण रोक्नका लागि कर लगाउने निर्णय गरेको भन्दै आफ्नो कदमले अमेरिकी रोजगारीको रक्षा गर्ने बताए । उनले अमेरिकाले अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाएको सहन नसक्ने बताए ।

जवाफमा चीनले पनि अमेरिकी उत्पादनमा कर लगाउने घोषणा गरेको छ । चीनले अमेरिकासँगका सबै व्यापार वार्ता बन्द गर्ने चेतावनी पनि दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गङ स्वाङले अमेरिकाले चिनियाँ चासोलाई हानी गर्ने एकपक्षीय र रक्षात्मक उपायहरु अवलम्बन गरे आफ्नो वैध अधिकार र चिन्ताहरूको रक्षा गर्न आवश्यक निर्णय गरी तुरुन्तै प्रतिक्रया दिने बताए । दुई मुलुकको चेतावनीपछि व्यापार युद्ध बढ्ने डर उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु