Motors
NiC Asia

गृहपृष्ठ मलेसियामा भबिलाल बुढाथोकी बिते १ मृतक का परिवार लाई धैर्य गर्ने शक्ति मिलोस

मलेसियामा भबिलाल बुढाथोकी बिते १ मृतक का परिवार लाई धैर्य गर्ने शक्ति मिलोस

मलेसिया – सुरक्षागार्डका रुपमा मलेसियामा कार्यरत एक नेपालीको एक नेपालीको सुतेको अवस्थामा बुधबार ज्यान गएको छ । जाजरकोटका २२ वर्षे भबिलाल बुढाथोकीको सुतेकै ठाउँमा ज्यान गएको हो ।

मंगलबार बेलुकी हल्का मुटु दुखेको भनेर उनले सुपरभाइजरलाई जानकारी गराएका थिए । सुपरभाइजरले कोठा जान भन्दा काम गर्न सक्छु भनेर राती पनि ड्युटी गरेका थिए । उनी बुधबार बिहान मात्रै होस्टल फर्किएका थिए ।

होस्टेल फर्केपछि खाना खाएर एकछिन आराम गर्छु भनेका उनलाई साथीहरुले मृत अवस्थामा भेटेका हुन् । भबिलालको शव सेर्डाङ अस्पतालमा राखिएको र छिट्टै शव नेपाल पठाइने जानकारी सुपरभाइजर राजकुमार मोक्तानले जानकारी दिनुभयो ।

जाजरकोटका २२ वर्षे बुढाथोकी मलेसियाको इगल आइ सेक्युरिटी कम्पनीमा २६ महिना देखि कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु