गृहपृष्ठ पास्कितानको पेशावरमा आत्मघाती बम विस्फोट, १२ को मृत्यु, ३० घाइते

पास्कितानको पेशावरमा आत्मघाती बम विस्फोट, १२ को मृत्यु, ३० घाइते

पाकिस्तानको पेशावरमा संदिग्ध आत्मघाती विस्फोटमा परि अवामी नेसनल लिग९एएनपी० का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा परि कम्तिमा ३० जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

एएनपी नेता बिलौर आफ्ना कार्यकर्ताहरुसँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो । बिल्लौर मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएका थिए । पाकिस्तानी समाचार संस्था डनका अनुसार विस्फोटबाट गम्भीर घाइते भएका बिल्लौरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

बिल्लौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए । पाकिस्तानमा यही जुलाई २५ मा आम चुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु