Motors
NiC Asia

गृहपृष्ठ फारसको खाडीमा इरानी सेनाको युद्ध अभ्यास

फारसको खाडीमा इरानी सेनाको युद्ध अभ्यास

फारसको खाडीमा इरानी नौ सेनाले युद्ध अभ्यासको तयारी थालेपछि अमेरिका र इरानबीचको तिक्तता बढेको छ ।

इरानसँंग भएको परमाणु सम्झौताबाट अमेरिका अलग भएपछि दुई राष्ट्रबीच तिक्तता बढ्दै गएको बेला इरानले फारसको खाडीमा नौ सेना एकत्रित गर्दा विश्वको पारगमन मार्ग होरमुजमा अवरोध सिर्जना हुन सक्ने अमेरिकाको भनाइ छ ।

इराक, कतार र ईरानको तेल संसारभर लग्ने प्रमुख नाका होरमुज हो । इरानले अरब सागरमा एक सय भन्दा बढी युद्धक बेडा जहाज एकत्रित गरी अभ्यासको प्रयास गर्दा अमेरिका सशंकित भएको छ ।

इरानको इस्लामी क्रान्तिकारी गार्ड आई। आर।जी।सी।ले दुई दिन भित्रै नौ सेना अभ्यास सुरु गर्ने योजना बनाइ रहेको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी रक्षा अधिकारीहरुले इरानी नौ सेनाको हलचल माथि लगातार निगरानी गरिरहेको जनाएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डको मुख्य प्रवक्ता क्याप्टेन विलियम शहरीले इरानी गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको कुरा संचार माध्यमहरुलाई बताएका छन् ।

अमेरिका इरानी अभियानकाबीच पनि अन्तर्राष्ट्रिय जलमार्गमा कुनै अवरोध उत्पन्न हुन नदिन सजग रहेको अमेरिकी सैन्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी इनर्जी इन्फरमेशन एडमिनिष्ट्रेशनले तेल ओसार–पसारको प्रमुख जलमार्गमा असामान्य गतिविधि ईरानले गर्न नहुने बताएको छ । तर यस अघि नै ईरानी राष्ट्रपति हसन रुहानीले अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरुलाई ईरानबाट तेल खरिद नगर्न दबाब दिईरहेको बताउँदै यस्तो कार्य भएमा क्षेत्रीय तेल आपूर्तिमा खतरा उत्पन्न हुने चेतावनी दिएका थिए

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु