गृहपृष्ठ पाकिस्तानले चीनसंग ४८वटा अत्याधुनिक सैनिक ड्रोन खरीद गर्ने

पाकिस्तानले चीनसंग ४८वटा अत्याधुनिक सैनिक ड्रोन खरीद गर्ने

पाकिस्तानले चीनसंग ४८ वटा अत्याधुनिक मिलीट्री ड्रोन खरीद गर्ने भएको छ । बिग लुङ—२ ड्रोन नाम दिइएको सो ड्रोन चीनमा निर्मीत बहुउपयोगी मारक क्षमता राख्दछ । शक्ति आर्जन गर्नेक्रममै पाकिस्तानले परमाणु हतियार युक्त गौरी ब्यालेस्टीक मिसाइलको सफल परीक्षण गरेको छ ।

भारतले रुससंग एस फोर हन्ड्रेड मिसाइल रक्षा प्रणाली खरीद गर्ने सम्झौता गरेको एक साता नबित्दै पाकिस्तानले चीनसंग अत्याधुनिक ४८ वटा मिलिट्री ड्रोन खरीद गर्ने भएको छ ।

बिग लुंग (२ नामक सो ड्रोन चीनमै बिकसित गरिएको हो । बहु उपयोगी मानव रहित एयरक्राफ्ट सिस्टम युक्त ड्रोनको मुल्य भने बताइएको छैन । भारत पािकस्तान सिमामा बेलाबखत तनाव र झडप भैरहने हुँदा यो ड्रोन पाकिस्तानका लागी उपयोगी हुने चीनीयाँ संचारमाध्यमले जनाएका छन् । यसैैबीच पाकिस्तानले परमाणु हतियार लैजानसक्ने गौरी ब्यालेस्टीक मिसाइलको सफल परीक्षण गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु