Motors
NiC Asia

गृहपृष्ठ अमेरिकी लेखक स्टान लीको निधन

अमेरिकी लेखक स्टान लीको निधन

अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुन् । ‘मार्भेल कमिक’ का पूर्वप्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ ।
वुल्भेराइनमा खेल्ने कलाकार ह्युज ज्याकमानले भने, ‘हामीले एकजना विशिष्ट लेखक गुमाएका छौं । स्टान ली सुपरहिरो ब्रह्माण्डका एकजना अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको रचनामा एउटा सानो भूमिका पाएकामा म कृतज्ञ छु ।’
आइरन म्यानमा अभिनय गरेका कलाकार रोबर्ट डाउनी जुनियरले भने, ‘म तपाइँप्रति कृतज्ञ छु, तपाईंको शान्तिबास होस् ।’ क्याप्टेन अमेरिकामा अभिनय गरेका क्रिस इभान्सले अब अर्को स्टान लीको जन्म सायद हुँदैन भनेका छन् । उनले भने, ‘दशकौंसम्म स्टानले युवा र वयस्क उमेरका सबैलाई समान किसिमबाट साहस, पलायन, आत्मविश्वास, उत्प्रेरणा, सामथ्र्य, मित्रता र आनन्दित तुल्याउनुभयो ।’ मार्भेल स्टुडियोका प्रमुख केभिन फाइजले स्टानको निधनले विश्वमै एउटा रिक्तता सिर्जना गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु