गृहपृष्ठ शिक्षाका नाममा अरबौं पैसा बाहिर गइरहेको छ, त्यसलाई हामीले रोक्नुपर्छ

शिक्षाका नाममा अरबौं पैसा बाहिर गइरहेको छ, त्यसलाई हामीले रोक्नुपर्छ

गणेश महरा साउथ वेस्टर्न स्टेट कलेजका निर्देशक हुनुहुन्छ । महरा एउटा सामान्य कृषक परिवारमा जन्मिएर हलो, कुटो, कोदालो, घाँसदाउरा गर्दै सरकारी विद्यालयमा अध्ययन गरेर आज देशकै चर्चित कलेज साउथ वेस्टर्न स्टेट कलेजको निर्देशक बन्नुभएको छ । मेहनतलाई पूजा गर्नुहुने महरा आफूले थाहा पाएदेखि अहिलेसम्म कहिल्यै पनि बेरोजगार भएर विनाकाम बस्नुपरेको अनुभव नभएको बताउनुहुन्छ । नेपालमा ढुंगा–ढुंगामा, माटो–माटोमा, बाटो–बाटोमा पैसा छ भन्नुहुने स्पष्ट वक्ता महरासँग टंक कार्कीले गरेको कुराकानी ।

० तपाईंको पारिवारिक पृष्ठभूमि बताइदिनोस् न ?

म दाङको खैरा भन्ने गाउँमा जन्मिएको हो । मैले सरकारी विद्यालयमा अध्ययन गरेको हो । जतिबेला मेरो बुबाआमा पूर्णरुपमा कृषि पेशामा नै हुनुहुन्थ्यो । जब मैले थाहा पाउने भएँ, त्यतिबेलादेखि नै मैले बुबाआमालाई काममा सहयोग गर्दै हलो पनि जोतियो, गोठालो पनि गरियो, एउटा कृषकको छोराले गर्नुपर्ने सबै काम गरियो । एसएसली पास गरिसकेपछि मैले दाङकै महेन्द्र बहुमुखी क्याम्पस दाङ भर्ना भएँ । बुबाको इच्छाचाहिं छोराले ‘ल’ पढिदेओस् भन्ने खालको थियो । म बुबाको एक्लो छोरो थिएँ । तर मलाई भित्री आत्माचाहिं ल पढ्यो भने कहिलेकाहीं झुठ पनि बोल्नुपर्छ, झुठ बोल्ने पेशाचाहिं मलाई त्यति मन नपर्ने भएको हुनाले मैले बुबालाई थाहै नदिएर एक महिनापछि म्यानेटमेन्टमा ट्रान्सफर भएँ । बुबाले मलाई ल मा एड्मिशन गरिदिनु भयो तर एक महिनापछि नै मैले म्यानेटमेन्टमा ट्रान्सफर भएर पढ्न शुरु गरें । दुई महिनापछि मात्रै मैले बुबालाई त्यो कुरा थाहा दिएँ । मैले बुबालाई त्यसो भन्नासाथ एकजना पढेलेखेकै मान्छेले मेरो बुबालाई के भन्दिनुभयो भने ‘छोरी बिग्रियो नर्सले, छोरो बिग्रियो कमर्स’ले भन्दै तपाईंको छोरोचाहिं कमर्समा गयो, बर्बाद भयो भनेर । एकैछिनको कुरा उहाँले लगाइदिनुभयो, जसले गर्दा मेरो बुबालाई असाध्यै तनाव भयो । त्यतिबेला म १६ वर्षको उमेरको भए पनि मैले भनेको थिएँ– बुबा म राम्रो गर्छु । यसमा चिन्ता नगर्नु । मलाई झूठ बोल्न अलि सक्दिन जस्तो लाग्यो । अहिले भन्छु म बुबालाई त्यो विषयमा– बाबु ठीकै भो, राम्रै भो भन्नुहुन्छ ।

० तपाईंको अध्ययनचाहिं कसरी अगाडि बढ्यो ?

म्यानेटमेन्ट भनेको के हो, इन्भेष्टमेन्ट गर्दा कसरी गर्नुपर्छ भन्ने कुरा मैले आइकम पढ्दादेखि नै बुझ्दै गएको थिएँ । आईकम पढ्दापढ्दै मैले जाँच दिएर बसेको बेला कुनै दिन जीवनमा थाहा भएदेखि फूर्सदले बसेको रेकर्ड नै छैन । म जतिबेलादेखि थाहा पाउने भएँ, काम गर्ने भएँ, दिनभरी स्कूल गएर पढ्ने गरिन्थ्यो, बेलुका घर आएर काम गर्ने गर्थें । १०÷११ वर्षको उमेरदेखि नै मैले घरमा खाना बनाउने काम पनि गरें । खेतमा काम गर्ने मानिसहरू टन्नै हुन्थे, मैले खाना बनाएर राख्थें । आमाले आएर काम गरिसकेर खुवाउनुहुन्थ्यो । म घरको जेठो छोरो । जतिबेला मैले आईकम सेकेण्ड इयरको परीक्षा दिएर बसेपछि घरमा त्यत्तिकै बस्नु ठीक छैन भन्ने लाग्यो अनि मेरो एकजना फुपाजू ठेकेदार हुनुहुन्थ्यो । उहाँले अछाम र बझाङको बाटोको ठेक्का पाउनुभएको थियो । त्यतिखेर मेरो उमेर १८ वर्षको थियो । बझाङको खोड्पे योजना थियो, त्यतिबेला नै मैले त्यहाँको मेन डाइरेक्टर भएर काम गर्ने अवसर पाएँ । अहिले त्यो बाटो पिच भएर गाडी हिंड्ने भइसकेको छ । आइकमको रिजल्ट आयो । फेरि म दाङ फर्किएर अर्को काममा लागें । म कुनै दिन फुर्सद बसेर, साथीहरूसँग क्यारेमबोर्ड खेल्ने, तास खेल्ने, रक्सी खाने, अरुको कुरा सुनेर बस्नेलगायतको फूर्सद कहिल्यै भएन । जब बिबिएस भर्ना भएँ, त्यसपछि मैले बीचमा काम छाडें । घरको पैसाले र मैले आफूले कमाएको पैसाले मैले बीबीएस प्रथम वर्ष दाङमा पढें । त्यसपछि दोस्रो वर्षमा मैले ट्रान्सफर गरें काठमाडौंको शंकरदेव क्याम्पसमा । तीन महिनाचाहिं मैले घरबाट ल्याएको र मैले कमाएकै पैसाले पढें । तीन महिनापछि फेरि किसान बुबाआमा, घरमा पैसा माग्दा अप्ठ्यारो होला भन्ने लाग्यो । त्यसपछि मैले बिबिएस दोस्रो वर्ष पढ्दा–पढ्दै प्रथम वर्षका विद्यार्थीहरूलाई पढाउन शुरु गरें । डाइमण्ड इन्स्टिच्यूट भनेर एउटा कोठाभित्र बोर्ड टाँगेर हामी दुई जना साथी मिलेर खोल्यौं । एकजना साथी इङ्गलिसको हुनुहुन्थ्यो, म अकाउण्ट पढाउँथें । थर्ड इयर पढ्दा त मैले ७÷८ गु्रपलाई ट्युशन पढाइसकेको थिएँ । मैले थर्ड इयर पढ्दा–पढ्दै करिब–करिब ३०÷३५ हजार रुपैयाँ मासिक कमाउने भइसकेको थिएँ । मैले शिक्षासँगै कमाई गरें । मास्टर्स पढ्ने बेलामा मैले कीर्तिपुरमा सेन्ट्रल डिपार्टमेन्टमा भर्ना गरें । म खास भ्याउँदैनथें । कहिलेकाहीं क्याम्पस जान्थें । साथीहरूसँग सल्लाह गरेर नोट लिन्थें । अनि प्रोजेक्ट वर्क साथीहरूसँग मिलेर गर्थें । तर पनि अरु साथीहरू कतिको रिजल्ट बिग्रियो, मेरो रिजल्ट बिग्रिएन । म मास्टर्स पढ्दा पनि करिब–करिब ५० हजार मासिक कमाउने भइसकेको थिएँ । मास्टर्स पढ्दै गर्दा म सँग त्यो बेला बाइक भइसकेको थियो र मास्टर्स सक्दै गर्दा त्यो बेला एउटा चिनिने गणेश महरा अकाउण्टस्को राम्रो टिचर भनेर चिनिइसकेको, बजारमा छाप बनाइसकेको थिएँ । धेरै कलेजहरूले मलाई अफर पनि गरे । र म पढाउन पनि गएँ ।
० कुन कुन कलेज पढाउनुभयो ?
मैले पहिलो पटक कुमारीपाटीको ब्लुबर्ड कलेजमा पढाएँ । त्यसपछि महाराजगञ्जमा स्किम्स कलेज र अर्को रत्नज्योति बहुमुखी क्याम्पसमा ब्याचलर्सलाई पढाएँ । त्यो सकिइसकेपछि म लक्की पनि भन्छु एक हिसाबले मास्टर्स थेसिस सकिएको त्यही वर्ष बुक लेखौं भनेर एउटा टिम बन्यो । हामीले हाम्रो पब्लिकेशन दर्ता गरेर मास्टर्स सकिएको एक वर्षभित्र बजारमा बुक पब्लिस भएको छ । क्लास ११ र १२ को टेक्स्ट बुक नै हो । सम्भवतः यति छिटो बुक निकाल्नेभित्र म पनि पर्छु होला जस्तो लाग्छ, म लक्की पनि हुँ । राम्रो बुक निस्कियो । राम्रो चल्यो बजारमा । हामी पिनाकल पब्लिकेशनमार्फत् गएका छौं । त्योलगायत यतिबेलासम्म ब्यासलर्स, मास्टर्ससम्म मेरा १७ वटा टेक्स्ट बुक बजारमा छन् । अहिले नेपालभरि पढाई हुन्छ । म कहिलेकाहीं पूर्व, पश्चिम जान्छु, जाँदाखेरी त्यो बुक हेर्छु, साथीहरूलाई यो पब्लिकेशनको लेखक मै हुँ भन्दाखेरी तर तपाईंको उमेर कलिलो देखिन्छ तर यत्रो बुक बजारमा छ भन्नुहुन्छ । यसरी संघर्षै–संघर्षबाट यहाँसम्म आइयो । र मैले भगवानको मन्दिरमा जाँदाखेरि पनि नास्तिक पनि होइन, म आस्तिक पनि होइन । तै पनि म भगवानको मन्दिरमा जाँदाखेरि एउटै कुरा माग्छु– मलाई फूर्सद कहिल्यै नहोस् र नराम्रो बाटोमा कहिल्यै नहिंडौं । मलाई धन–सम्पत्ति धेरै दिनुस् कहिल्यै भन्दिन । मलाई चाहिं फूर्सद कहिल्यै नहोस्, म काममा व्यस्त होऔं भन्ने छ । त्यही हिसाबले होला, अहिलेसम्म बस्नुपरेको पनि छैन । धेरैलाई आफ्नो ज्ञान–गुणका कुराहरू दिन पाइएको छ । त्यसमा एकदमै खुशी छुु । त्यसको साथसाथै हिजो मेरो बुबाहरू रोल्पामा जन्मिनुभएको थियो, रोल्पाबाट दाङमा आउनुभयो । दाङ हुँदै अहिले हामी काठमाडौं आएका छौं र अहिले दाङ–काठमाडौं गर्दैछौं । नेपालका धेरै जिल्लाहरू पनि हेरियो । अब काठमाडौंमात्रै होइन, हाम्रो शिक्षाचाहिं जुन यहाँ लागू भएको छ, यसलाई देशका धेरै क्षेत्रमा लागू गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

० संघर्षै–संघर्षको प्रतिफल नै होला यो साउथवेस्टर्न स्टेट कलेज पनि, यो कलेज खोल्ने सोच कसरी आयो र हौसलाचाहिं कोबाट पाउनुभयो ?

यसमा पनि म फेरि आफूलाई भाग्यमानी ठान्छु किनभने मास्टर्स सकेको दुई–तीन वर्षपछि बुक बजारमा निस्किसकेको थियो । म ब्लुबर्ड कलेजमा पढाउँथें । त्यहाँ सिनियर सरहरू हुनुहुन्थ्यो, मैले त्यहाँ राम्रो गुडविल कमाएको टिचर भइसकेको थिएँ । र एकजना हरिश्चन्द्र केसी भन्ने सर हुनुहुन्थ्यो, उहाँ त्यहाँ भाइस प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँँ र मेरो २÷४ वर्ष पहिले एउटा ट्युशन सेन्टरमा ट्युशन पढाउने क्रममा भेट भएको थियो । त्यही क्रममा उहाँको र मेरो सामिप्यता अलिक नजिक थियो । त्यही बेलामा हाम्रो चाहिं एउटा कलेज स्थापित गरौं भन्ने सोच बनाइयो र उहाँको दाई हाम्रो पिन्सिपल हुनुहुन्छ डा.राजेन्द्र केसी, उहाँ युएसबाट भर्खरै नेपाल फर्कनुभएको थियो । उहाँ, म लगायत ५÷७ जनाको एउटा कोर टिम थियो हाम्रो । त्यही टिमले हामीले कामना इन्टरनेशनल कलेज भनेर खोल्यौं । तीन वर्षसम्म हामीले त्यो कलेज चलायौं । त्यतिबेला मास्टर्स सकेको हाम्रा साथीहरूचाहिं जागिर खोज्दै हिंड्दै थिए, तर म कलेज खोल्ने लेभलमा आएर कलेज खोलिसकेको थिएँ पनि । त्यहाँ मैले म्यानेजमेन्ट हेर्थें र मेरो कामको स्पिरिटले होला, सबै साथीहरूले मलाई पोजेटिभली हेरिदिनुभयो । र अब त्यो कलेजलाई अलि एक्स्पान्सन गर्ने सोच थियो हाम्रो, तर टिमको कारणले त्यति एक्स्पान्सन गर्न नसकिने भएपछि हामी त्यहाँबाट ब्याक भयौं एउटा टिमसहित । त्यहाँबाट ब्याक भएपछि अब के गर्ने त भनेर सोचेपछि हामीले जानेको शिक्षा हो, अब यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने हिसालबे हामी ५/७ जना साथीको एउटा टिम बन्यौं । कुनै ठाउँमा हामी मिटिङ बस्यौं र अब कलेज खोज्ने भन्ने सिलसिलामा लाग्यौं । बानेश्वर पनि हे-यौं, धेरै ठाउँ हे¥यौं तर लक्किली भनौं, बसुन्धरा एरियामा राम्रो बिल्डिङ पनि भेटियो । त्यो बिल्डिङका अनुसार हाम्रो एउटा टिम बनाएर साउथ वेस्टर्न स्टेट कलेज स्थापित ग¥यौं । त्यो मेरोमात्रै भन्दा पनि टिमको इफोर्टको कारणले गर्दाखेरी भयो र जुन कारणले गर्दाखेरी आज आठौं वर्ष पुग्दै गर्दाखेरी आज यो स्थानमा छौं । असाध्यै खुशी पनि लाग्छ । एक डेढ वर्षबाहेक मेरो जीवनमा मैले अरुकहाँ गएर काम गर्नुपरेन । पब्लिकेशन पनि हामीले आफ्नै स्थापित ग¥यौं, कलेज पनि एक डेढ वर्ष बाहिर पढाएँ, त्यसपछि आफ्नै ठाउँमा आएर पढाउन पाइयो । कमसेकम म्यानेजमेन्ट पढेको मान्छे, इन्टरपे्रनरसिप डेभलप गर्नुपर्छ भन्ने शुरुदेखि नै थियो, त्यो हिसाबले कलेज पनि स्थापित गरियो, राम्रो पनि भएको छ, अहिलेचाहिं खुशी छु ।

० प्रसंग बदलौं, हिजो तपाईं सरकारी विद्यालयमा पढेर आउनुभयो, आज निजी क्षेत्रको शैक्षिक संस्था स्थापित गर्नुभएको छ, सार्वजनिक विद्यालय र निजी क्षेत्रका शिक्षालयबाट उत्पादित विद्यार्थीहरूमा चाहिं के भिन्नता पाउनुभयो ?

एकदमै राम्रो प्रश्न गर्नुभयो । हामीले पढ्दाखेरि प्राइभेटतिर जाने अवस्था पनि थिएन र भर्खर–भर्खर स्थापित हुँदैथिए । सरकारीमा बाहेक त्यतिबेला विकल्प पनि थिएन र हामीले अनिवार्य त्यहाँ नै जानुपथ्र्यो । हामीले हाम्रो उमेरअनुसार सरकारी विद्यालयमा जे पाउनुपर्दथ्यो, त्यो पाएको होइन । हामी यहाँसम्म पुग्यौं, आफ्नो मेहेनतले पुग्यौं । सरकारी क्षेत्रबाट हुँदै नभएको होइन, जे कुरा पाउनुपथ्र्यो क्वालिटी, त्यो चाहिं प्राप्त भएन कि जस्तो लाग्छ किनभने त्यहाँ पढाउने सरहरूलाई स्कूलमा भन्दा बढी घरको चिन्ता हुन्छ । राजनीतिको बढी चिन्ता हुने, विद्यार्थी जहाँ जाऊन्, जे गरुन् मतलब हुँदैनथ्यो । मलाई थाहा छ, हामीले एसएलसी दिंदा १५० जना विद्यार्थीले एसएलसी दिएका थियौं, जम्मा ३२ जना पास भएका थियौं । हामी कहाँ थियौं भन्ने कुरा त्यतिखेरैको रिजल्टले देखाइहाल्छ । त्यसको साथसाथै अहिले प्राइभेटमा छ । सरकारीमा पढेर प्राइभेटमा आइयो, यहाँ सरकारी र प्राइभेटमा भिन्नता के लाग्छ भने सबै क्वालिटी दिने वास्तवमा भन्ने हो भने सरकारकै जिम्मा हो, तर हामी पाइभेट संस्था चलाउने जिम्मा लिइराखेका छौं जस्तो फिल हुन्छ । सायद यो कलेजमा एक्जिबिशन्सको कुरा होस् अथवा प्राप्टिकलको कुरा होस् । अहिले विश्वको चाहेको कुरामा कम्प्लिटली त हामी भन्दैनौं, तर केही न केही सरकारी भन्दा प्राइभेट क्षेत्रबाट सपोर्ट भएको जस्तो मलाई लाग्छ । हिजो र आजको ग्याप भन्दाखेरी आज विद्यार्थीले चाहेअनुसारका पढ्न पाइराखेका छन् । त्यो अवसरले गर्दाखेरि आफू कहाँ जाने, करियर कस्तो बनाउने भन्ने कुरा पनि सजिलो । अर्को कुरा संस्कारको कुरा पनि छ । सबैभन्दा महत्वपूर्ण कुरा संस्कार हो । संस्कारको कुरामा पनि सरकारी स्कूलमा अलि बढी छोडिदिएको हो कि भन्ने लाग्छ । सोझा त हुन्छन् विद्यार्थी भाइबहिनीहरू त्यहाँबाट आउँदाखेरि, तर धेरै कुराहरू सिकेका हुँदैनन् । प्राइभेट सेक्टरमाचाहिं त्यो सिकाउने कोशिश हामीले गरिराखेका छौं ।

० निजी क्षेत्रबाट उत्पादित विद्यार्थीहरू बढी विदेशमुखी भएको, लोकसेवा आयोगजस्ता निजामती प्रशासनका क्षेत्रमा प्रतिस्पर्धी हुन नसकेको देखिन्छ नि ?

तपाईंले भनेको ठीक हो । यो एकदुई वर्षभन्दा अगाडिको कुरा हो जस्तो लाग्छ मलाई । तर अहिले ठ्याक्कै के भएको छ भने लोकसेवा आयोगको परीक्षा अंगे्रजी माध्यमबाट पनि हुने भएकाले निजी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूलाई अहिले धेरै सहज भएको छ । कतिपय मेरो गाउँबाट आएका भाइबहिनीहरू के भन्छन् भने लोकसेवा आयोगले परीक्षामा अंगे्रजी माध्यम राख्यो, हामी बर्बाद भयौं भन्छन्, जो सरकारी शिक्षण संस्थाबाट पढेर आए । जसले प्राइभेट स्कूलबाट पढेर गएका छन्, उनीहरूलाई एकदमै सहज भएको छ । तपाईंले पछिल्लो चरणमा हेर्नुभयो भने गभर्मेन्ट सेक्टरमा जानुपर्छ भन्ने भावना चाहिं कम जगाएकै हो, यदि साँच्चै त्यो भावना जाग्ने हो भने सरकारी विद्यालयले अब प्रतिस्पर्धा नै गर्न सक्दैन । यो वर्षदेखिको लोकसेवाका रिजल्ट हेर्नुभयो भने पनि प्राइभेट स्कूलका विद्यार्थीहरूले जतिले फर्म भरेका छन्, त्यो फर्मको रिजल्ट हेर्नुभयो भने प्राइभेटको रिजल्ट बढी राम्रो छ । किनभने सरकारी पढ्नेले धेरैले फर्म भर्ने भएका हुनाले त्यो रिजल्ट राम्रो देखिएको मात्रै हो । सरकारी क्षेत्रतिर जानुपर्छ भन्ने क्रेज त्यति देखिंदैन । त्यसैले हाम्रो कलेजले, हामीले के सोच्दैछौं भने लोकसेवा आयोगतिर जानुपर्छ, सरकारी सेवामा जानुपर्छ भन्ने क्लास गर्ने हो कि भन्ने सोचचाहिं बनाएका छौं । त्यो सोच यदि विद्यार्थीमा जाग्यो भने मलाई लाग्छ अब ८० प्रतिशतचाहिं प्राइभेट सेक्टरबाट जान्छन् ।

० पछिल्ला वर्षहरूमा निजी क्षेत्रका कतिपय कलेजहरूले विदेशी विश्वविद्यालयहरूसँगको ’एफिलिएसन’ रहेको भन्दै विज्ञापन गरेर विद्यार्थीहरू बटुल्ने गर्छन्, यो के कारणले भइरहेको होला ?

यो ज्यादै देखिएको कुरा हो । वास्तविकता पनि हो । तर समाजले के बुझ्नुप¥यो भने +२ सम्म विदेशमा कुनै युनिभर्सिटीमा एफिलिएशन हुँदैन । यदि कसैले हाम्रो यस्तो छ भनेर भन्यो भने त्यो सम्भव छैन । यदि त्रिभुवन युनिभर्सिटीको एफिलिएशन छ भने विदेशको कुनै पनि युनिभर्सिटीसँग एफिलिएशन हुँदैन र यदि विदेशको कुनैसँग छ भने नेपालको सँग हुँदैन । त्यो कुरा बुझिदिनुप¥यो । तर एउटा कुरा के चाहिं हुन सक्छ भने स्टुडेण्ट एक्सचेञ्ज प्रोग्राम, कल्चरल एक्चसेञ्ज प्रोग्राम हुनसक्छ । तर अरु कुराचाहिं हाम्रो एफिलिएशन छ, रिलेशन छ, हामी विदेश नै पठाइदिन्छौं भन्ने कुराचाहिं त्यति सम्भव होइन, त्यो राम्रो कुरा पनि होइन, यदि कसैले त्यो भनेको छ भने त्यो ठीक होइन, त्यसलाई करेक्शन गर्नुपर्छ ।

० अहिले सरकारी क्षेत्रमा धेरै बजेट छुट्याइएको छ, निजी क्षेत्रबाट ठूलो लगानी गरेर सञ्चालित इन्स्टिच्यूशनहरूलाई आगामी दिन कत्तिको सहज होला ?

तपाईंले भनेको पनि ठीक हो । शिक्षा क्षेत्रमा सरकारी बजेट असाध्यै बढी छ । सकेसम्म हामी पनि प्राइभेट इन्स्टिच्यूशन्सहरूलाई सरकारले सबै जिम्मा लिइदिन्छ भने हाम्रो टाउको दुखाई केही पनि छैन । तर फेरि तुरुन्तै अहिले यो एकवर्षको बजेट छुट्याउँदैमा सबै हुन्छ जस्तो मलाई लाग्दैन । केही समय त्यो लाग्छ । तर पनि बजारमा फेरि क्वालिटीको चिज राख्न सकियो भने, क्वालिटीको शिक्षा दिन सकियो भने संसारको इतिहास हेर्दाखेरि सरकारले जतिसुकै गर्छु भने पनि निजी क्षेत्रका संस्थाहरू पूर्णरुपमा बन्द भएको कहीं पनि पाउन सकिंदैन । त्यसैले क्वालिटीलाई मेन्टेन गर्न सकियो भने, सोसाइटीलाई चिन्न सकियो भने, राम्रो गुडविल राख्न सकियो भने सरकारले बजेट छुट्याएर, सबै गरेर हामीलाई त्यस्तो अप्ठ्यारै पर्छ जस्तो मलाई लाग्दैन ।

० एउटा इन्स्टिच्यूशनमा पसेपछि हरेक वर्ष एड्मिशन गर्नुपर्ने, एनुअल फि, अन्य विभिन्न नाममा फि लिने गरिएको छ, त्यो पनि प्रतिस्पर्धात्मकरुपमा बृद्धि भइरहन्छ हरेक वर्ष । यो प्रतिस्पर्धामा तपाईंहरूचाहिं कहाँ हुनुहुन्छ र यसरी लिनु ठीक हो कि होइन ?

यो एकदमै महत्वपूर्ण प्रश्न हो । हाम्रो एकदम स्पष्ट मान्यता छ । एजुकेशन त भन्ने हो भने वास्तवमा पूर्व झापामा पढाए पनि, पश्चिम महाकालीमा पढाए पनि, जुम्लामा पढाए पनि सरकारले तोकिदिएको कोर्षभित्रै पढाउने हो । फि लिने भनेको फ्यासिलिटीमा डिपेन्ड हुने कुरा हो । जुन कलेजले, जुन संस्थाले जस्तो फ्यासिलिटी दिएको छ, त्यही अनुसारको फि लिनुपर्छ । तर फेरि अभिभावकले थेग्नै नसक्ने गरेर, ढाडै भाँच्ने गरेरचाहिं लिनु हुँदैन । र सबै संस्थालाई फेरि एउटै तराजुमा राखेर पनि हेर्नु हुँदैन । जसले जस्तो किसिमको सुविधा दिन सक्छ, त्यसले त्यही अनुसारको फि लिने र त्यसको ‘जस्टिफाई’ चाहिं हुनुपर्छ ।

० सरकारले नै क्लासिफिकेशन गरिदिएको छ नि, हैन र ?

सरकारले नै क्लासिफिकेशन गरिदिएको छ । जस्टिफाई हुने गरेर फि लिनुपर्छ । हामीचाहीं जस्टिफाई हुने गरेर फि लिन्छौं ।

० हरेक वर्ष एडमिशन लिनुचाहिं जायज हो र ?

हाम्रो कलेजको कुरा गर्नुहुन्छ भने हामी ११ मा भर्ना फि लिइसकेपछि १२ मा लिंदैनौं । फि जुन चिज दिने हो भनेर लिएको हो त्यो कुरा दिएकै हुनुपर्छ, फि लिइसकेपछि त्यसको जस्टिफिकेशन चाहिं हुनुपर्छ ।

० साउथ वेस्टर्न स्टेट कलेजले कुन कुरालाई फोकस गरेर शिक्षा प्रदान गरिरहेको छ ता कि भोलि उत्पादिन विद्यार्थीहरू बजारमा प्रतिस्पर्धी ढंगले खरो उत्रन सकून् ?

हामीकहाँचाहिं सबैभन्दा ठूलो खुशीको कुरा हाम्रो आफ्नै सुविधासम्पन्न बिल्डिङ छ । क्लासरुम त्यही खालको छ । अत्याधुनिक साइन्स ल्याब छ । कम्प्युटर ल्याब, होटेल म्यानेजमेन्ट ल्याब र सम्भवतः पहिलो कन्सेप्ट नै भन्छु म नेपालमा, हामीले म्यानेजटमेन्ट ल्याब पनि तयार पारेका छौं । हामीकहाँ विद्यार्थीले क्लासमा बसेपछि थेउरी क्लासमात्र हुँदैन, सबै विषयको प्राक्टिकल गराएर विद्यार्थीलाई घरमा पठाउँछौं । अर्को प्रिजेन्टेशन क्लास रुटिनअनुसार हाम्रो सधैं हुन्छ । नैतिक शिक्षा हाम्रो आफ्नै अडिटोरियम हलमा सधैं हुन्छ । त्यो हलमा राखेर हामी क्लास दिन्छौं । ‘क्रस नोट कपी चेकिङ’ सम्भवतः नेपालमा पहिलो हो जस्तो लाग्छ । त्यो हामी गर्छौंं । कम्प्लिट एमआईएस सिस्टम हामीले लागू गरेका छौं । अनलाईन लाइबे्ररी युज गरेका छौं । हामीले फ्यासिलिटी प्रदान गर्ने काममा कुनै कमी गरेका छैनौं । विद्यार्थीले र अभिभावकलाई पनि हामीले त्यो कुरा बुझाउँदैछौं कि सबै फ्यासिलिटीहरू विद्यार्थीले लिइदिनुपर्छ भन्ने कुरा भनिरहेका पनि छौं । त्यसैले मलाई लाग्छ युरोपमा गएर पढ्नु र इण्डियाका ठूल–ठूला युनिभर्सिटीमा गएर पढ्नु र हामी नेपालभित्रै त्यो किसिमको फ्यासिलिटी दिनुपर्छ है ताकि शिक्षाका नाममा अरबौं पैसा बाहिर गइरहेको छ, त्यसलाई हामीले रोक्नुपर्छ भन्ने सोचले सुविधासम्पन्न हिसाबले हामीले बनाएका छौं यो वर्षदेखि । विद्यार्थीले यसको ‘फिल’ अर्को वर्षदेखि गर्छन् ।

० हुन त तपाईंहरूको वशभन्दा बाहिरको कुरा हुनसक्छ, तर पनि शिक्षासँगै सम्बन्धित विषय भएको हुनाले मैले मेडिकल कलेजहरूको प्रसंग जोड्न चाहें । हरेक वर्ष हजारौंको संख्यामा विद्यार्थीहरूले मेडिकल क्षेत्रमा अध्ययन गर्न चाहन्छन्, तर सिण्डिकेटका कारणले विद्यार्थीहरूले मेडिकल शिक्षा लिन पाइरहेका छैनन्, पूर्वाधार पुगेका मेडिकल कलेजहरूलाई पनि माफियाका कारणले स्वीकृति नदिने, भएकालाई पनि पूरा कोटा नदिने देखिएको छ । फलतः हरेक वर्ष अरबौं रुपैयाँ बाहिर गइरहेको छ, यसलाई रोक्न के गर्नुपर्ला ?

एकदमै सही कुरा गर्नुभयो । नेपालका मेडिकल कलेजहरूलाई एफिलिएशन रोकेर विद्यार्थी रोकिनेवाला छैनन् । मेडिकल पढ्ने सोच भएका विद्यार्थीहरूले पढ्छन् नै । अहिले त यो ‘वल्र्ड’ नै खुला छ । अहिले नजिकका छिमेकी मुलुक भारत, बंगलादेशमात्र होइन, विश्वभरि खुला छ । मानिसले आफूले पढ्न चाहेको विषय पढ्न पनि पाउनुप¥यो । यो देशमा जन्मिइसकेपछि, उसको हैसियत र क्षमताले भ्याउँछ भने उसले डक्टर हुन्छु भन्दा डक्टर हुन पाउने कि नपाउने ? पाउनुप¥यो । त्यसैले सरकारले त्यो कुरालाई ओपन छोड्नुपर्छ । क्वालिटी मेन्टेन गर्ने कुरा त छँदैछ, त्यो कुरा गर्नुप¥यो तर त्यसका साथसाथै सरकारले त्यो पैसा रोक्ने ठाउँ रहेकोले पहल गर्नुप¥यो । यदि सरकारले हामीजस्ता निजी क्षेत्रलाई ती कामका लागि साथ दिन्छ र मौका प्रदान गर्दछ भने हामी पनि साथ दिन तयार छौं । वार्षिक रुपमा अरबौं होइन, खरबौं रुपैयाँ शिक्षाका नाममा डलरमा ‘कन्भर्ट’ भएर पैसा बाहिर गइरहेको छ, त्यसलाई रोक्नुपर्छ ।

० मुलुकमा वर्षेनि कोरा शिक्षा लिएका लाखौं शैक्षिक बेरोजगारहरूको संख्या बृद्धि भइरहेको छ, बजारमा अवसरको अभाव छ । यस्तो बेलामा व्यवहारिक र व्यवसायिक शिक्षा प्रदान गर्नु जरुरी भइसकेको छैन र ?

यस विषयलाई राज्यले गम्भीर ढंगले सोच्नुपर्छ । एकातिर काम नपाएर मान्छे हिंडिरहेको छ, अर्कोतिर संस्थाले खोजेको मान्छे पाएकै छैन । जस्तै हाम्रै संस्थाले पनि ‘वान्टेड’ गरेर मान्छे खोजिरहेको हुन्छ तर भनेजस्तो मान्छे नै पाइँदैन । सबै संस्थामा यही समस्या छ । त्यसैले नेपालका सबै युनिभर्सिटीले नेपाल सरकारले के सोच्नुपर्दछ भने एसइई दिइसकेपछि मान्छे कुन लाइन जान खोज्छ, टेक्निकल लाइनमा जाने हो कि, म्यानेजमेन्ट सेक्टरमा जाने हो कि, इन्टरपे्रनर हुने हो कि अथवा कुन साइटमा जाने हो, त्यो चाहिं क्लियर गरिदिएर उसले चाहेको, उसको इन्ट्रेष्टअनुसारको विषय पढाइदिने र त्यसले कम्तिमा दुई वर्ष देशमा काम गर्नुपर्छ भनेर लगाइदिनुपर्छ । दुई वर्ष देशभित्रै काम ग¥यो भने त्यसले देशको माया गर्छ । आफ्नो ठाउँलाई बुझ्छ, आफ्नो फिल्डलाई बुझ्छ, सकिन्छ भने पाँचै वर्ष बनाए राम्रो । यदि यस्तो किसिमको पोलिसी सरकारले बनाइदिने हो भने नेपालमा रोजगारी पनि हुन्छ, भनेको मान्छे हामीले पनि पाउँछौं । अहिले ठूल–ठूला प्राइभेट संस्थाहरू छन्, जसले दक्ष जनशक्ति बाहिरबाट हायर गरेर मासिक लाखौं रुपैयाँ तिरिरहेका छन् । त्यसबाट पनि करोडौं पैसा बाहिर गइरहेको छ । त्यसकारण त्यस्ता मान्छे उत्पादन गर्नको लागि प्राइभेट र सरकारी क्षेत्र सँगै बसेर, सँगै मिलेर अगाडि बढ्ने हो भने सम्भव छ । प्राइभेट सेक्टरमा पनि धेरै विज्ञ मान्छेहरू छन्, मलाई लाग्छ पोलिसी बनाउने कुरामा प्राइभेट सेक्टरका विज्ञहरूको कुरालाई ‘इग्नोर’ गरिन्छ, त्यसो गर्ने होइन । ती मान्छेलाई पनि सँगसँगै राखेर पोलिसी बनाउने हो भने यो समस्या समाधान हुन्छ । मान्छेहरू ४८÷५० डिग्रीको तापक्रममा, तातो घाममा गएर काम गर्नुपर्छ जस्तो मलाई लाग्दैन । हामी त भन्छौं नेपालमा ढुंगा ढुंगामा, माटो–माटोमा, बाटो–बाटोमा पैसा छ । हामीले देखिरहेका छौं । तर त्यो देखेर के गर्ने, हामीसँग पोलिसी बनाउने, प्लानिङ गर्ने ठाउँ भएन । यदि सरकारले चाहन्छ भने हामी सहयोग गर्न तयार छौं ।

० अन्त्यमा के भन्न चाहनुहुन्छ ?

तपाईंको पत्रिकामार्फत् विशेष गरेर सम्पूर्ण शैक्षिक क्षेत्रमा लागेका हामी साथीहरूले आफ्नो ठाउँबाट सकारात्मक ढंगले देशलाई के कस्तो योगदान दिन सकिन्छ, त्यो गर्न हामी तयार छौं । त्यसको साथसाथै क्वालिटीको एजुनेशन दिनमा हाम्रो साउथ वेष्टर्न स्टेज कलेजले केही कुरा बाँकी राख्ने छैन ।

साभार : क्रसचेक मासिक

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु