गृहपृष्ठ कंगारु एजुकेशन फेयरको तयारी पुरा भएको छ : सीईओ तिमल्सिना

कंगारु एजुकेशन फेयरको तयारी पुरा भएको छ : सीईओ तिमल्सिना

विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्दै आएको कंगारु ऐजुकेशन फाउण्डेशनले यहि आउँदो साउन १६ गते बुधबार केन्द्रीय कार्यालय, पुतलीसडक काठमाडौंको सभाहलमा र साउन १८ र १९ गते शाखा कार्यालय सेलवेज टावर चिप्लेढुगां पोखराको कार्यालय परिसरमा कंगारु एजुकेशन फेयरको आयोजना गर्दैछ ।

उच्च शिक्षा अध्ययनका नम्ति जान चाहने बिधार्थीलाई अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको बैदेशिक शिक्षा सम्बन्धी शैक्षिक परामर्श तथा सहजीकरण सेवा उपलब्ध गराउदै आएको यो संस्थाले प्रदान गर्ने सेवा र बुधवार हुने एजुकेशन फेयरको तयारीका बिषयमा कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनासँग गरिएको कुराकानी :

 

कंगारु एजुकेशन फेयरको तयारी कस्तो भइरहेको छ ?

कंगारु एजुकेशन फाउण्डेसनले साउन १६ गते बुधबार केन्द्रीय कार्यालय, पुतलीसडकको सभाहलमा र साउन १८ र १९ गते शाखा कार्यालय चिप्लेढुगां पोखरामा आयोजना गर्न लागेको कंगारु एजुकेशन फेयरको सबै तयारी पुरा भइ सकेको छ । मेलामा आउने विद्यार्थी र अभिभावकले बैदेशिक शिक्षा सम्बन्धी शैक्षिक परामर्श तथा सहजीकरण सेवा सहजै पाउने ब्यबस्था गरेका छौं ।

यो पटक कति सहभागीको अपेक्षा गर्नु भएको छ ?

पहिला पहिला हामीले गरेका मेलामा बिधार्थीको सहभागीता हेर्दा यो पटकको एजुकेशन फेयरमा १००० भन्दा बढीले सहभागिता जनाउने छन भन्ने हाम्रो अपेक्षा छ ।

बैदेशिक शिक्षा सम्बन्धी शैक्षिक परामर्श दिन किन एजुकेशन फेयर नै आयोजना गर्नु पर्यो र  ?

बिगत ११ बर्षदेखी नेपालबाट अध्ययनको लागि बिदेश जाने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आइरहेको कंगारु ऐजुकेशन फाउण्डेशनले विद्यार्थीहरुलाई एउटै छानामुनि बाट अस्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरीका, क्यानडा र यूरोपका गरी २६ वटा भन्दा वढी प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुका प्रतिनिधिबाटबैदेशिक शिक्षा सम्बन्धी सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो । कलेजका प्रतिनिधिहरु सँग अन्तरक्रिया गरी सत्य तथ्य जानकारी, त्याहाको जीवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि लिएर परिपक्व डकुमेन्टेसन मार्फत् भर्ना र भिजाका सम्बन्धमापनि परामर्श लिन सहज होस भनेर यो मेलाको आयोजना गरिएको हो ।

मेलामा आउन चाहनेलाई कुनै शुल्क लाग्छ कि लाग्दैन ?

मेलामा आउन चाहने जो कोही विद्यार्थी तथा अभिभावकहरुलाई कुनै शुल्क लाग्ने छैन । साथै सहभागी सबैलाई आकर्षक गिफ्ट हयाम्परको समेत व्यवस्था गरिएको छ ।

नेपाली विद्यार्थीहरू बाहिर जानुमा उच्च शिक्षा र रोजगार मध्ये के लाई प्राथमिकता दिन्छन होला ?

Front.ai

अहिलेसम्म कंगारुबाट गएका अधिकांश विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न भनेर नै विदेश गएका छन् । र, हामीले विद्यार्थीलाई काउन्सेलिङ गर्ने बेलैमा विदेश अध्ययनका लागि जाने हो पछि नेपाल नै फर्कनु पर्छ भनेर काउन्सेलिङ गर्छौँ । विद्यार्थी भिसामा गएका विद्यार्थीले पैसा कमाउने सोच राख्छ भने त्यो गलत हुन्छ । अस्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, अमेरिका जस्ता देशमा अध्ययनरत रहँदा विद्यार्थीले साताको निश्चित घण्टामात्र काम गर्न पाउँछन् भने, बिदाको समयमा फुल टाइम काम गर्न पाउँछन् । यसले विद्यार्थीलाई ती देशहरूमा रहन केही आर्थिक सहयोग मात्र पुग्छ । र, यसरी गरेको कामले विद्यार्थीलाई आत्मनिर्भर बनाउन पनि ठुलो सहयोग गर्छ ।

नेपालबाट बाहिर अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था हुन्छ ?

सक्षम र अब्बल विद्यार्थीले छात्रवृत्ति सहजै पाउँछन् । अस्ट्रेलियाको हकमा राम्रा विद्यार्थीहरूले ट्युसन शुल्कमा पनि २५ प्रतिशत सम्म छुट पाउँछन् । अमेरिकाको हकमा सक्षम, अध्ययनशिल विद्यार्थीहरूले त छात्रवृत्तिसँगै विभिन्न कोर्समा सोचे भन्दा धेरै छुट पाउँदै आएका छन् । विद्यार्थीले छात्रवृत्ति पाउँछु कि पाउँदिन भन्नु भन्दा पहिले आफ्नो क्षमतालाई निखार्न जरुरी हुन्छ ।

बिदेश पढ्न जाने विद्यार्थीले के–के विषयमा ध्यान दिन आवश्यक छ ?

पहिलो कुरा विद्यार्थी अध्ययनमा अब्बल हुनुपर्छ । त्यस्तै अङ्ग्रेजी भाषामा दख्खल हुनुपर्छ (IELTS, TOEFL, PTE, SAT) जस्ता विषयमा राम्रो अङ्क ल्याउनु पर्छ । तेस्रो, आर्थिक अवस्था मजबुत हुनुपर्दछ । विदेश गईसकेपछि कम्तीमा १ वर्षसम्म नेपालबाटै खर्च व्यवस्थापन गर्न सक्नुपर्छ । विद्यार्थी स्वस्थ र तन्दुरुस्त हुनुपर्छ । विद्यार्थीको चरित्र पनि राम्रो हुनुपर्छ । यी सबै कुरा राम्रो भएको विद्यार्थी बिदेश पढ्न जान योग्य हुन्छ ।कक्षा १२ उत्तीर्ण गरेको विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण (६० प्रतिशत) भएको हुनुपर्छ ।

त्यसपछि आफू जान चाहेको देशको भाषा सिक्नु पर्छ । जस्तै, अस्ट्रेलिया, क्यानडा, न्युजील्याण्ड र अमेरिकामा अध्ययनका लागि IELTS मा ६ वा ६.५ भन्दा बढी अङ्क ल्याउनुपर्छ । डेनमार्क अध्ययनमा जाँदा डेनिस भाषा, चीनका लागि चाइनिज भाषा,जापानका लागि एनएटी र जेएलपीटी भाषा परीक्षा उत्तीर्ण गर्नु आवश्यक छ । त्यसपछि आर्थिक रूपमा आफू ती देशहरूमा गएर पढ्न कत्तिको सक्षम छु त्यो क्लिएर हुनुपर्छ । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त आधिकारिक कन्सल्टेन्सीमा गएर परामर्श लिन आवश्यक छ । यस्तै प्रकारका सेवा कंगारुले दिदै आएको छ ।

नेपाली विद्यार्थीको क्षमता र अन्य देशक विद्यार्थीको क्षमतामा कत्तिको भिन्नता देखिन्छ ?

नेपाली विद्यार्थीहरूको अध्ययन क्षमता अन्य देशका विद्यार्थी भन्दा राम्रो छ । नेपाली विद्यार्थी मेहेनती छन्, शिक्षण सिकाईमा अब्बल छन् । भाषाको सवालमा नेपाली विद्यार्थीहरूले प्रारम्भिक तहदेखि नै अङ्ग्रेजी भाषाको अध्ययन गरेकोले अन्य देशका विद्यार्थीको तुलनामा अझ राम्रो छ । उदाहरणका लागि चीन, जापान लगायतका देशहरूमा अङ्ग्रेजी भाषा कमजोर हुँदा त्यहाँका विद्यार्थीहरूलाई भाषाको समस्या देखिन्छ । हाम्रोमा प्राथमिक कक्षा देखि नै अङ्ग्रेजी भएकोले सहज भएको छ ।

अन्तमा, बैदेशिक शिक्षा अध्ययनका निम्ति जान चाहने बिधार्थीलाई के भन्न चाहनु हुन्छ ?

जो विद्यार्थी उच्च शिक्षाक लागि बिदेशमा जान खोजिरहनु भएको छ, उहाँहरू आफैमा सक्षम र अब्बल हुनु जरुरी छ । विद्यार्थीले आफूलाई शैक्षिक, आर्थिक र मानसिक रूपमा सक्षम र मजबुत बनाएपछि जहाँ पनि अवसर पाइन्छ । विद्यार्थीलाई बैदेशिकशिक्षाको थपशैक्षिक परामर्श तथा सहजीकरण सेवाका लागी आगामीसाउन १६ गते बुधबार काठमाडौमा र साउन १८ र १९ गते शाखा कार्यालय पोखरामा हुन गइरहेको कंगारु एजुकेशन फेयरमा सहभागी भई सेवा लिनु हुन अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु