गृहपृष्ठ सहकारीको किर्ते सञ्चालक खडा गरेर करिब ५ करोड ठगी

सहकारीको किर्ते सञ्चालक खडा गरेर करिब ५ करोड ठगी

काठमाडौंको न्यूरोड प्यूखामा रहेको पद्मा सहकारी संस्थाको नाममा नक्कली संचालक समिति खडा गरी साढे चार करोड रुपैयाँ ठगी गर्न खोजिएको रहस्य खुलेको छ । पद्मा बहुद्देशीय सहकारी संस्थाका कार्यकारी निर्देशक राहुल गाढियाले अरु मान्छेलाई राखेर नक्कली सञ्चालक समिति खडा गरी साढे चार करोड ठगी गर्न लागेको भन्दै पीडितहरुले डिभिजन सहकारी कार्यालय काठमाडौंमा उजुरी दिएपछि यो रहस्य खुलेको मध्यान्ह राष्ट्रिय दैनिकले समाचार लेखेको छ ।

मध्यान्हका अनुसार भारतीय नागरिक २५ वर्षका गाढियाले थाहै अरुलाई थाहौं नदिई पद्मा सहकारीको अध्यक्षदेखि संचालक सदस्यसम्मको सात जनाको नक्कली कार्यसमिति खडा गरी डिभिजन सहकारी कार्यालय काठमाडौंमा गत बैशाख २२ गते बुझाएका थिए । संस्थामा २० वर्षकी एलीना श्रेष्ठलाई अध्यक्ष बनाएर सहकारी कार्यालयबाट आधिकारिक प्रमाणपत्र लिइएको थियो ।
तर उनै एलीनाले आफूलाई पद्मा सहकारीबारे कुनै कुरा थाहा नभएको बताएकी छिन् । उनले भनिन्, ‘मलाई सहकारीको ‘स’ पनि थाहाँ छैन, राहुल मेरो मिल्ने साथीको दाई भएकाले नागरिकता भने दिएकी थिए ।’ उक्त नक्कली कार्यसमितिमा एलीना सहित ७ जनाको सञ्चालक समिति पनि रहेको छ । तर त्यस समितिमा बस्ने उपाध्यक्ष, सचिब, कोषाध्यक्ष र सदस्यहरुले पनि यसबारे आफूहरुलाई कुनै कुरा थाहा नभएको दावी गरेका छन् । पद्मा सहकारीको कार्यकारी निर्देशकको परिचय पत्र बनाएका राहुल र राहुलका आफन्त पर्नेले सञ्चालक समितिका विरुद्ध चार करोड ७० लाख रुपैयाँको दाबी गर्दै कार्यालयमा उल्टै उजुरी हालेका छन् । उक्त रकम हामीले कसरी तिर्ने ? किर्ते हस्ताक्षर गरी अध्यक्ष बनाइएकी श्रेष्ठसहित अन्य सञ्चालकहरु अहिले दोधारमा परेका छन् ।
जिल्ला डिभिजन सहकारी कार्यालयमा राहुलले आफन्तलाई उजुरी हाल्न लगाएका थिए । तर राहुल आफैले कीर्ते हस्ताक्षर गरेर नक्कली सञ्चालक समिति बनाएको भने स्वीकार गरेका छन् । ४ करोड ठगीबारे पर्दाफास भएपछि नक्कली सञ्चालक समितिका पदाधिकारी पनि कार्यालय परिसर पुगेर उल्टै हामीलाई किन फसाएको भन्दै राहुलसँग प्रश्न गरेका थिए । जवाफमा राहुलले सबै गल्ती आफ्नो भएको स्वीकार गर्दै अबको सजायँ आफै भोग्न तयार रहेको बताए । नक्कली सञ्चालकहरुका अनुसार उकक्त सहकारीबाट राहुलले साढे चार करोड रुपैयाँ लगिसकेका छन् ।
सो रकम सञ्चालकको टाउँकोमा खन्याइदिएर उनी पन्छिने दाउँमा रहेकाबेला ठगी प्रकरण सतहमा आएको हो । सरकारले सहकारी दर्तामै कडाई गरिरहेकै बेला साधारणसभामा डिभिजनका कर्मचारी उपस्थित नभई, सहकारीका एक तिहाई सदस्यले नयाँ कार्यसमिति निर्वाचित नगरी कसरी एक्कासी कार्यसमिति खडा गर्न डिभिजनले कसरी अनुमति दियो ? यो प्रश्न जटिल बनेको छ ।
आफूले किर्ते हस्ताक्षर गरी अध्यक्षदेखिका पदाधिकारी र संचालक सदस्यको नागरिकता र फोटो संककलन गरी निर्वाचित सदस्यको नक्कली फाईल बनाई त्यसमा आफूले नक्कली नै हस्ताक्षर गरी डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता गराएको स्वीकार गरेका छन् । नाटकिय शैलीको जस्तो देखिने यो सहकारीको ठगी धन्दा कहिलेसम्म ? निर्दोष जनता फसिरहेका छन्, डिभिजन सहकारी कार्यालयले कसरी सञ्चालकलाई कार्यालयमा उपस्थित नगराई, औठाछाप नलगाई हामीलाई आधिकारीक अध्यक्ष सचिव कसरी बनाइयो ? हामी आश्चर्यमा परेका छौं संस्थाका नक्कली सचिवले भने । नक्कली कार्यसमितिका सदस्यहरुले मंगलबारनै जिल्ला डिभिजन सहकारी कार्यालयमा कार्यकारी निर्देशक भनिने राहुललाई कागत गराइएको छ । अधिबक्ता चुडामणी भट्टको रोहबरमा कागत गराइएको हो । कागत गराएपछि थप कारबाहीको प्रक्रिया अघि बढाउन अपराध अनुसन्धान महाशाखा टेकुमा पत्र पठाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु