गृहपृष्ठ वेलकामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

वेलकामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

उदयपुर, – उदयपुरको वेलका नगरपालिका – ८ बहिरु खोलामा गएराती मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । धरानबाट रामपुर तर्फ आउदै गरेको स७ प ३०९० मोटरसाइकल भैसीलाई ठक्कर दिई दुर्घटना हुदाँ चितवान पर्वतीपुर नगरपालिका – २३ बस्ने बर्ष ३१ को सागर सापकोटा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाले जनाएको छ । दुर्घटनामा घाइते भएका सापकोटालाई उपचारका लागि धरान तर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरी निरिक्षक नविनकुमार सिंहले वताए । मृतक सापकोटा कालिका कन्ट्रक्सन कम्पनीका कर्मचारी हुन । उनी नादा/कोसी पुल(चतरा)/फत्तेपुर कंचनपुर /रुपनगर सडक निर्माणका लागि कम्पनीको साईड अफिसमा कार्यरत लेखापाल रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु