गृहपृष्ठ खप्तडी बस्नेत युवा समाजको आयोजना स्वास्थ्य शिविर सम्पन्न

खप्तडी बस्नेत युवा समाजको आयोजना स्वास्थ्य शिविर सम्पन्न

३ दिनमा ५ सय बढीले लिए सेवा

खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चलले शुस्वास्थ्य हस्पिटल, मिनभवन, काठमाडौंको प्राविधिक सहयोग मा ३ दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

गत साउन २६, २७ र २८ गते का दिन इटहरीस्थित लाइन्स सामुदायिक भवन इटहरीमा शिविर सम्पन्न भएको गरिएको हो ।

स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्यद्वय उत्तम बस्नेत, लिलम बस्नेत र इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले गरेका थिए ।

स्वास्थ्य शिविरमा नसा सम्बन्धित रोगहरु कम्मर दुख्ने, गर्धन दुख्ने, घुँडा दुख्ने, हड्डी खिईएको, प्यारालाईसिस, माईग्रेन र पिनासको उपचारमा विभिन्न आयुर्वेद, फिजियो थेरापी, प्राकृतिक चिकित्सा र अकुपञ्चरका थेरापीहरुको प्रयोगद्वारा उपचार गरिएको थियो ।

शिविरमा पुर्वाञ्चलका विभिन्न ठाउँहरुबाट उत्साहजनक रुपमा बिरामी हरुको उपस्थिति रहेको साथै स्वास्थ्य शिविर दैनिक बिहान ८ बजे देखि बेलुका ३ बजे सम्म भएकाले तीन दिनमा ५ सय भन्दा बढिले स्वास्थ्य सेवा लिई लाभान्वित भएको पुर्वाञ्चल युवा समाजका अध्यक्ष समनसिंह बस्नेत जानकारी दिए ।
शिविरमा बिशेष गरि कम्मर दुख्ने, गर्धन दुख्ने, घुँडा दुख्ने र टाउको दुख्ने (माईग्रेन) का बिरामी हरु बढी मात्रमा आएको शुस्वास्थ हस्पिटलका निर्देशक अकुपञ्चरिष्ठ शुदर्शन बस्नेतले बताए ।

कार्यक्रमको उद्घाटन शत्रमा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नम्बर १ का इञ्चार्ज पर्शुराम बस्नेतले समेत स्वास्थ्य परीक्षण गराएका थिए ।

३ दिनसम्म सञ्चालित स्वास्थ्य शिविरको अन्तिम समापनको दिन प्राविधिक सहयोग गर्ने शुस्वास्थ्य हस्पिटल र हस्पिटल का निर्देशक अकुपञ्चरिष्ठ शुदर्शन बस्नेत एवम् डा. प्रार्थी गुरुवाचार्य, डा. एलिना श्रेष्ठ, भावना थापा, प्रतिमा गरी, गिता रिजाल लगायत लाई वंशावली समितिका केन्द्रीय अध्यक्ष शिव बहादुर बस्नेतबाट सम्मान गरिएको थियो ।

यसरी खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गतका स्वास्थ्य शिविर, रक्तदान, दैवीप्रकोपमा राहत बितरण, आर्थिक अवस्था कमजोर भएका बन्धुहरुका उपचारका लागि आर्थिक सहयोग संकलन लागयतका कार्यहरु गर्दै आई रहेको अध्यक्ष समनसिंह बस्नेत बताउछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु