गृहपृष्ठ नरेन्द्र मोदी काठमाडौं ओर्लिए, आजै पशुपति जाने

नरेन्द्र मोदी काठमाडौं ओर्लिए, आजै पशुपति जाने

चौंथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। भारतीय प्रधानमन्त्री मोदी सवार विमान केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

मोदी चार्टर्ड फ्लाइटमार्फत नेपाल आएका हुन्। मोदीको सुरक्षालाई लिएर उनको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द गरिएको थियो।

भारतीय प्रधानमन्त्रीलाई विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना तथा नेपाल सरकारले अन्य मन्त्रीहरुले स्वागत गरेका थिए।

विभिन्न देशका राष्ट्रप्रमुखहरु नेपाल आउने क्रम जारी रहेकोले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु