गृहपृष्ठ बंगलादेशी प्रधानमन्त्री हसिना काठमाडौंमा

बंगलादेशी प्रधानमन्त्री हसिना काठमाडौंमा

आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन् । हसिना केहीबेर अघि मात्रै काठमाडौं आइपुगेकी हुन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका थिए । हसिनाको स्वागतका लागि रक्षामन्त्री ईश्वर पोखरेलसँगै परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए । सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारतसमेत अर्पण गरेको थियो ।

हसिना विमानस्थलबाट सम्मेलनस्थल सोल्टी होटल जाने कार्यक्रम छ । अब बिम्स्टेक राष्ट्रका ७ मध्ये थाइल्यान्डका प्रधानमन्त्री मात्रै आउन बाँकी छ । उनी अबको केहीबेरमा काठमाडौं अवतरण गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु