गृहपृष्ठ हाइल्याण्डर र टुवोर्गको प्रायोजनमा ‘दशै फेष्ट’

हाइल्याण्डर र टुवोर्गको प्रायोजनमा ‘दशै फेष्ट’

ललितपुर/मस– लतिपुरको कुपण्डोलमा नेपालीहरुको महान पर्व दशैको अवसर पारेर ‘दशै फेष्ट’ आयोजना गरिएको छ । हाइल्याण्डर ह्वीस्की र टुवोर्ग कम्पनीको स्पोन्सरमामा स्थानीय गणेश युवा क्लबले कुपण्डोलमा ‘दशै फेष्ट’ आयोजना गरेको हो ।

महोत्सवमा फूड फेष्टिबल तथा विभिन्न प्रकारका मनारेञ्जनका कार्यक्रम समेत सञ्चालन भइरहेको कार्यक्रम संयोजक मनिस रञ्जितकारले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वली, गायक सुगम पोखरेल, एड्रीयन प्रधान एण्ड फ्रेण्स, आशिस राना, यम बराल, प्रमोख खरेल, भोजराज काफ्ले, उदेश श्रेष्ठ, कमल खत्री, राधिका हमाल लगायतको बेजोड प्रस्तुति हुने बताइको छ । यसका साथै हास्यकलाकारहरु जितु नेपाल तथा महादेव त्रिपाठीले समेत आफ्नो प्रस्तुति राख्नेछन् ।

शुक्रबारदेखि कुपण्डोलको बागमति नदी किनारामा शुरु भएको दशै फेष्ट आइतबार सम्म चल्ने आयोजक संस्था गणेश युवा क्लबले जनाएको छ । दशै फेष्टमा मुलुकका चर्चित गायक तथा कलाकारहरुले प्रस्तुति दिएका छन् ।

केहि वर्षदेखि निस्कृय जस्तो देखिएको गणेश युवा क्लबले यस वर्ष देखि सक्रियता देखाएर यस्तो कार्यक्रम आयोजना गरेको हो । आगामी दिनमा पनि निरन्तर रुपमा यस्ता कार्यक्रमहरु आयोजना हुने क्लबले जनाएको छ ।

कार्यक्रमको मिडिया पार्टनरमा मध्यान्ह राष्ट्रिय दैनिक, क्रशचेक मासिक, अर्थमाण्डू डटकम, अनलाइन पाना डटकम आदि मिडियाहरु हरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु