Motors
NiC Asia

गृहपृष्ठ सेवा विस्तार गर्दै हलेसी डेकोर, चक्रपथमा पनि थपियो शाखा

सेवा विस्तार गर्दै हलेसी डेकोर, चक्रपथमा पनि थपियो शाखा

काठमाडौं । फ्लोरिङ, फर्निसिङ तथा फर्निचरको सोरुम, हलेसी डेकोरले बुधबारदेखि महाराजगंज, चक्रपथमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

९ वर्ष अगाडि चावहिलबाट शुरु गरेको हलेसी डेकोरले उक्त नयाँ स्थानबाट पनि गुणस्तरीय क्वालिटी, उचित मूल्य तथा भरपर्दो सेवा दिने बताएको छ ।

कम्पनीका अनुसार ग्राहकले अब एउटै छाना मुनि नेपाली तथा बिदेशी ब्राण्डका सबै फर्निसिङका सामानहरु आफ्नो ईच्छानुसार रोज्न पाउने तथा उचित मूल्य र गुणस्तरीय सामान पाउने छन् ।

हलेसी डेकोरले आफै उत्पादन गरेको काठका फर्निचर तथा सोफाहरुका सम्पूर्ण रेन्ज यस शाखामा हुने छन् । साथै, आन्तरिक गृह सज्जा कसरी गर्ने भने ईन्टेरियर डेकोरेसनको सेवा पनि यस शाखाबाट प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु