Motors
NiC Asia

गृहपृष्ठ शंखमूल पार्क हस्तान्तरण

शंखमूल पार्क हस्तान्तरण

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको शंखमूल पार्क बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिने छ । सरकारको समन्वयमा निर्माण गरिएको शंखमूल पार्क गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन पूर्वसन्ध्याको अवसर पारेर बिहीबार हस्तान्तरण गरिने भएको हो । सन् २०१४ मा सम्झौता भएको पार्क निर्माणको काम सन् २०१६ बाट शुरु भएको थियो । पार्क ३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।

यसैबीच गैर आवासीय नेपाली दिवसको सन्दर्भ पारेर आगामी शुक्रबारदेखि गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुरु गरिने भएको छ ।

शुक्रबार अर्थात २६ गते उद्घाटन हुने सम्मेलन २८ गतेसम्म चल्ने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको बताइएको छ । अध्यक्ष भट्टले दिएको जानकारी अनुसार सम्मेलनमा पहिलो पटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु¥याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ ।

सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत्, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तक्र्रिया हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु