Motors
NiC Asia

गृहपृष्ठ घट्यो इन्धनको मूल्य

घट्यो इन्धनको मूल्य

आज राती १२ बजेबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ रहेको थियो । अन्तराष्ट्रिय बजारमा कच्चा चेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पनि तेलको मूल्य घटाएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु