Motors
NiC Asia

गृहपृष्ठ मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालन हुँदै

मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालन हुँदै

प्रदेश नं. १को राजधानी एवं व्यापारिक केन्द्र यस विराटनगरको मुटुमा मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालनमा आउन भएको छ । विराटनगरको मुहार फेर्ने गरी आगामी केहि महिना मै पूर्ण रुपले संचालनमा आउन लागेको यस सेन्ट्रल मलले हाल अन्तर्राष्ट्रिय मापदण्डको सिनेमा हल, सेन्ट्रल मल्टीप्लेक्स, उच्चस्तरको सुविधा सहित आज मिति २०७५ मंसीर २८ गते देखि संचालनमा आउने भएको हो ।

कुल १६,२३५ वर्ग फिटमा निर्माण भएको यस मल्टीप्लेक्समा २५०÷२५० क्षमताका आरामदायी सिटहरु सहितका २ वटा अडी (सिनेमा हल) रहेका छन् । मल्टीप्लेक्समा उच्च प्रविधिका टुडी र थ्रिडी स्क्रीन, डल्वी डिजिटल इफेक्ट सहितको जे.बी.एल. ब्राण्डका सराउण्ड साउण्ड सिस्टम र वर्ड हेल्थ अर्गनाईजेशन गुणस्तरका एसीहरु जडान रहेका छन् । यसका अलाव फायर अलार्म, अग्नी नियन्त्रण सेट–अप, ठूला ठूला लवी, चमेना गृह, प्राथमिक उपचार केन्द्र आदि सबैले सुविधायुक्त रहेको यस अन्तराष्ट्रियस्तरको मल्टीप्लेक्समा एकै पटकमा ५०० जनाले सिनेमा हेर्न सक्ने भएकोले सम्भवत् यो मोफसलकै ठूलो मल्टीप्लेक्सको रुपमा स्थापना भएको छ । एक दिनमा करिब २००० देखि २५०० जना सम्मलाई सेवा दिन सक्ने क्षमता रहेको यस मल्टीप्लेक्समा ३० हजार वर्ग फुटको अन्डरग्राउण्ड पार्किङको समेत व्यवस्था रहेको छ । भारतका प्रसिद्ध आर्किटेक्ट श्री केटन विमानीले डिजाईन गर्नु भएको यस मल्टिप्लेक्समा सिल्भर, गोल्डन र महाराजा क्लासका प्लाटिनम सिटहरुको व्यवस्था रहेका छन् । अग्नी नियन्त्रणकालागि अटोमेटिक पम्प, पानी टंकी, सेन्सर आदि लगायत विशेष किसिमका यन्त्रहरु जडान गरिएका छन् । उच्चस्तरीय गुणस्तरका टुडी र थ्रिडी प्रोजेक्टर र स्क्रीनमा नेपाली, हिन्दी, अंग्रेजी लगायत विभिन्न मुलुकका सिनेमाहरु प्रदर्शन गरिनुका साथै हल भित्र र बाहिर उत्कृष्ट स्तरका स्वादिष्ट स्न्याक्सहरु उपलब्ध रहने छन् ।

आगामी केहि महिनामै पूर्ण रुपमा संचालनमा आउने गरी सेन्ट्रल मलको निर्माण कार्य तिब्र रुपमा भई रहेको छ । विशाल गु्रप, देवेनरा गु्रप र हाईलाईफ गु्रपको संयुक्त प्रयासमा १ लाख ३४ हजार वर्ग फुटमा अन्तर्राष्ट्रियस्तरको किनमेल तथा मनोरञ्जन स्थलको निर्माण भइरहेको कम्पनीले जनाएको छ । पूर्णतः अन्तर्राष्ट्रिय मापदण्ड सहित निर्माणाधिन यस सेन्ट्रल मलमा मल्टीप्लेक्स लगायत सुपर मार्केट, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न ब्राण्डका सो रुम, रेष्टुरेन्ट आदि रहने गरी संचालनमा आउन लागेको हो । यस मलमा ५०० भन्दा बढी सो–रुमहरु रहने हुनाले स्थानीय एवं राष्ट्रियस्तरका व्यवसायको प्रबर्धनमा विशेष मद्दत पुग्नुका साथै विश्वव्यापीकरण गर्न समेत सहज हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार ओमेगा हाउजिंग, सेन्ट्रल बजार र सेन्ट्रल मल्टीप्लेक्सको एकिकृत थलोको रुपमा रहेको यो मल नेपालमै उत्कृष्ट रहनुका साथै पूर्वाञ्चलको गहना र विराटनगरको शोभाको रुपमा रहने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु