Motors
NiC Asia

गृहपृष्ठ गरिमा विकास बैंकको दुई शाखा उद्घाटन

गरिमा विकास बैंकको दुई शाखा उद्घाटन

गरिमा विकास बैंक लिमिटेडले यहि पौष ११ गते बुधबार दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढी शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गरेका हुन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ । २०७५ पौष १० गतेसम्म विकास बैंकले रु.२५ अर्ब ७५ करोड निक्षेप संकलन गरी २२ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु