Motors
NiC Asia

गृहपृष्ठ सरकारी बैंकबाट सांसदको तलब भुक्तानी गर्न उदयपुरे सांसदको माग

सरकारी बैंकबाट सांसदको तलब भुक्तानी गर्न उदयपुरे सांसदको माग

नेकपाका प्रदेश नम्बर १ का सचिव तथा उदयपुर क्षेत्र नम्बर २ का सांसद सुरेश कुमार राईले सांसदको तलब राष्ट्रिय बाणिज्य बैकबाट भुक्तानी हुनु पर्ने माग गरेका छन ।

सांसद राईले आईतबार संसदलाई सम्बोधन गर्दै सरकारी बैकबाट कारोवार गर्न माग गरेका हुन ।

विशेष समय लिएर संसदमा बोल्दै राईले अहिले सम्म भारतिय मुख्य लगानी रहेको बैकबाट कारोवार गर्दै आएकोमा अब देखि बाणिज्य बैकबाट सांसदको तलब भक्ता सेवा सुविधा जस्ता कुराहरु भुक्तानी हुने व्यवस्था मिलाउन संसदको ध्यानाकर्षण गराएका छन ।

सांसद राईले डा गोविन्द केशीको माग संसद भित्र नै छलफल हुनु पर्ने बताएका छन ।

‘गोविन्द केसीले संसदलाई नै बन्धक बनाउने गरि अनसन बसेकाले डा केसीको माग संसद भित्रबाट खोज्न आग्रह गर्दछु ।’

नेता राईले भने ‘डा केसीको मागको सम्बन्धमा सरकारले इलाम तथा जुम्लामा गएर समाधान खोज्नु हुदैन ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु